धनगढी : धनगढीमा डेरा गरी बस्ने श्रीमती प्रहरी जवानसँग भागेर गएपछि दुई छोरीको विचल्ली भएको छ। बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ का दानबहादुर चन्दकी श्रीमती प्रहरी जवानसँग भागेर गएपछि ३ र ५ वर्षीया छोरीको विचल्ली भएको हो।
भारतको मुम्बईमा मजदुरी गरी श्रीमती र छोरीलाई धनगढीमा डेरामा राखेर पढाउँदै आएका चन्दले श्रीमती धनगढीमा कार्यरत प्रहरी जवान उत्तमबहादुर चन्दसँग भागेर गएको बताए। २७ वर्षीया श्रीमती बैतडी घरमा गएका बेला बैशाख १ गते ती प्रहरी जवानसँग भागेर गएको बताउँदै चन्दले उनले नगद र गरगहना समेत लगेको बताए।
भारतबाट मजदुरी गरेर ल्याएको एक लाख ६१ हजार नगद, श्रीमतीले कानमा लगाउने एक तोला सुनका बाली, एक लाख २० हजार पर्ने डेढ तोलाको मंगलसुत्र श्रीमतीले लिएर गएको चन्दले बताए। श्रीमतीले दुवै नाबालक छोरीहरुलाई छोडेर अर्को विवाह गरेर आफूमाथि अन्याय गरेकाले कानूनी कारवाहीको माग गरेका छन्।
उनले श्रीमतीलाई भगाएर लैजाने प्रहरी जवान चन्दले उल्टै आफूलाई ज्या-न मार्ने ध म्की दिएको आ रोप लगाएका छन्। श्रीमती हराएपछि बैशाख ३ गते खोजतलासका लागि अस्थायी प्रहरी पोष्ट सलेना बैतडीमा निवेदन दिएपछि बैशाख ४ गते प्रहरी जवानले भगाएको खुलेको बताए।
उनले श्रीमतीले लगेको धनमाल फिर्ता माग्ने कुरा गरेमा तथा कतै उ जुरी दिएमा भारतबाट सु टर मगाएर ज्या न मा-र्ने धम्की दिएको चन्दले बताए। चन्दले जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिदा समेत दर्ता गर्न नमानेको बताए।
उनले प्रहरीले उक्त मु द्दा अदा लतमा दर्ता हुने भन्दै प्रहरीले फर्काइदिएको जनाए। चन्दकी श्रीमती र प्रहरी जवान चन्द धनगढीको सन्तोशी टोलमा डेरा गरी बस्दै आएको बताईएको छ।
यता ति महिलाले भने नगद र गरगहना लगेर भागेको कुरा ग लत भएको बताईन्। ‘प्रहरी जवानसंग कुरा भईरहेको कुरा सत्य हो। तर म श्रीमानसंगै बैतडी गएको थिए। ममाथि घरपरिवारका सदस्यले कुट-पि ट गरे। अनि म एक्लै माईतीघर धनगढी फर्किएकी छु। नगद र गरगहना लगेको कुरा गलत हो।’ उनले भनिन्।