९ बैशाख, काठमाडौं : भारतको राष्ट्रपति भवनमा एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती व्यक्तिमा संक्रमण देखिएपछि १ सय २५ परिवारलाई सेल्फ–आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।
भारतको एएनआई समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।
One COVID-19 positive case found in Rashtrapati Bhavan, 125 families advised to remain in self-isolation as mandated by the Health Ministry’s guidelines as a precautionary measure: Sources
— ANI (@ANI) April 21, 2020
मंगलबार बिहान १० बजेसम्म भारतमा कोरोना संक्रमितको सङख्या १८ हजार ६ सय १ पुगेको छ भने ज्यान गुमाउनेको सङख्या ५ सय ९२ पुगको छ ।
भारतमा कोरोना संक्रमित मध्ये ३ हजार २ सय ७३ जना निको भएर घर फर्केका छन् भने १४ हजार ७ सय ३६ जना विभिन्न अस्पतालमा उपचाररथ छन् ।