इन्डोनेशियाको आचे प्रान्तमा एउटा क्लिनिकमा कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउने पोसाक लगाएर एक नवजात शिशुलाई बोकिरहेकी एक नर्स।
इन्डोनेसियामा मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङख्या ६ हजार ७ सय ६० पुगेको छ भने ५ सय ९० जना ज्यान गुमाइसकेका छन् ।
संक्रमित भएकामध्ये ७ सय ४७ जना पूर्ण रुपमा निको भएर घर फर्केका छन् । अहिले इन्डोनेसियाका विभिन्न अस्पतालहरुमा कोरोना भाइरसबाट संक्रमित भएका ५ हजार ४ सय २३ जनाले उपचार गराइरहेका छन् ।