
नायिका आँचल शर्माले एक सय परिवारलाई राहत वितरण गरेकी छिन् । उनले लकडाउनका कारण समस्यामा परेका परिवारहरूलाई राहत वितरण गरेका हुन् ।
कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई उनले राहत वितरण गरेकी हुन् ।
पति डा. उदीप श्रेष्ठको साथमा काठमाडौंको क्षेत्रपाटीस्थित एक सय घरलाई राहत प्रदान गरेको नायिका आँचलले जानकारी दिइन् । लकडाउनका समस्यामा परेकाहरु करिब एक सय घरलाई खाद्यन्न प्रदान गरेको उनले बताइन् ।
उनले आपतको समयमा आफुले सक्दो सहयोग गर्न बताएकी छिन् ।
नायिका आँचलले केहि समय अगाडी चिकित्सक उदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् । उनी महंगो लेहेगा र गहनाको कारण विवादमा तानिएकी थिइन् । हाल उनी सामाजिक कार्यमा जुटिरहेकी छिन् ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएकाहरु समस्यामा परेका छन् । केही कलाकारहरुले राहत वितरण गरिरहेका छन् । यसअघि नायक पल शाह, नायिकाद्वय पूजा शर्मा र करिष्मा मानन्धरले पनि राहत वितरण गरेका छन् । साथै हाँस्यकलाकार किरण केसीले पनि राहत प्रदान गरेका छन् ।