
८ बैशाख, इटहरी । सुनसरीको इटहरी २० तरहराका एक युवको विषादी सेवन गरेर आ-त्मह-त्या गरेका छन् ।
तरहरा तामाङ टोलका ३१ बर्षिय विकास तामाङले सब्जीमा हाल्ने विषादी सेवन गरेपछि उनको उपचारको क्रममा निधन भएको छ ।
विषादी सेवनबाट घाईते भएको तामाङको उपचारको क्रममा धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
विषादी सेवनको कारण पत्ता लागेको छैन । यता छरछिमेकीहरुले भने उनी मानसिक रोगी भएको बताएका छन ।
लकडाउन सुरु भए सँगै दैनिक आ-त्मह-त्या
कोरोनाको सन्त्रास सँगै देश लकडाउनमा छ । अधिकांश सर्वसाधरणहरुलाई प्रहरी प्रशासनले घर बाहिर ननिस्कन प्रहरीलाई अनुरोध गर्दै आएको छ । तर सुनसरीमा भने लकडाउनको समयमा आ-त्मह-त्याको ग्राफ बढेको छ । दैनिक जसो सुनसरीमा आ-त्मह-त्या र आ-त्मह-त्याको प्रयास दैनिक भएको प्रहरीको तथ्याकले देखाउँछ ।
लकडाउन सुरु भएकै दिन देखि सुनसरीमा आ-त्मह-त्याको घट्ना बढेको छ । लकडाउन सुरु भए यता १९ जनाले आ-त्मह-त्या गरेका छन । जस मध्ये २ जनाले विषादी सेवन गरेर आ-त्मह-त्या गरे भने १७ जनाले झुण्डिएर आ-त्मह-त्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
लकडाउन सुरु भए सँगै १० महिला र ९ पुरुषले आ-त्मह-त्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्मा बताउँछन । लकडाउन सुरु भए यतानै १५ जना भन्दा बढिले आ-त्मह-त्याको प्रयास गरिसकेको जिल्ला प्रहरी कार्यलय सुनसरी बताउँछ । सुनसरीको लक्षिण भेगमा बढि आ-त्मह-त्याको घट्ना भएको छ ।