
कोरोनाभाइरस र लकडाउनका बेलामा पैसा सकिएपछि भारतको ऋषिकेशमा रहेको एक गुफामा लुकेका नेपाली सहित ६ जना विदेशी पर्यटक फेला परेका छन । अहिले उनिहरूलाई क्वारेन्टीनमा पठाइएको त्यहाँको प्रहरीले जनाएको छ ।
फ्रान्स, अमेरिका, युक्रेन, टर्की र नेपालका चार पुरुष र दूई महिला मार्च २४ देखि ऋषिकेशको गुफामा लुकेको प्रहरी निरीक्षक राजेन्द्र सिंह कठायतले बताए ।
ती पर्यटकहरूलाई स्वगए आश्रम लगिएको र १४ दिनसम्म क्वारेन्टीनमा राखिनेछ । ‘लकडाउन शुरू हुनुअघि उनीहरू मुनि की रेती क्षेत्रमा रहेको एक होटलमा बसिरहेका थिए । पैसा सकिएपछि उनीहरू गुफा पसे,’ कठायतले भने ।
उनीहरूले खानेकुरा र अन्य सामानका लागि पैसा बचाएका रहेछन् ।’ नेपालीले उक्त समूहका लागि अत्यावश्यक वस्तु किन्ने गरेको कठायतले बताए ।
तर कसैमा पनि कोरोनाभाइरसको लक्षण भने देखिएको छैन ।