
नेपाली राजनीतिमा कालो बादल मडारिएको छ । देश कोरोना भाइरससँग जुधिरहँदा सत्तारुढ दलभित्र नयाँ राजनीतिक चलखेल भएको छ ।
याे चलखेल शुरु भएकाे खबर बाहिर आएपछि नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले बेमाैसमी बाजा नबजाओ भन्दै ट्वीट गरेका छन् । उनले लेख्छन्, बेमौसमी बाजा´ नबजाऔं । संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो, नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् / गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ । जय नेपाल
`बेमौसमी बाजा´ नबजाऔं !
संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो l नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् / गौण रहनुपर्छ l हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ l
जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 20, 2020
पार्टी फुटाउन सहज हुने गरी मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाका पूर्व माओवादी खेमाका मन्त्रीहरु खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । त्यहाँ उनीहरुको छुट्टै बैठक बसेको छ ।
पछिल्लो समय प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच दुरी बढेको देखिएको थियो । प्रचण्डले सर्वदलीय राजनीतिक संयन्त्र बनाएर कोरोनाविरुद्ध लड्ने प्रस्ताव गर्दा आलीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।
नेकपाभित्र विवाद चुलिइरहँदा प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि र संसदीय दलमा ४० प्रतिशत सदस्य पुगेमा पार्टी विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउने सरकारले निर्णय गरेपछि नयाँ विवाद सृजना भएको छ । यसले नेकपाभित्रको विवाद निकै चुलिएको खुलेको छ ।