
काठमाडौं – धनुषाका एक जना वडा अध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ ।भारतबाट एक महिनापछि फर्केका जनकनन्दनी गाउँपालिकाका एक वडाध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए ।
किन देखिन्छ आरडीटीमा पोजेटिभ तर पिसिआरमा नेगेटिभ ?
हाल यस्ता धेरै केसहरु छन् जसमा आरडीटी टेष्ट पोजेटिभ आएको छ भने रियल टाईम पिसिआर टेष्ट नेगेटिभ आएको छ ।
आरडीटी पोजेटिभ आउनु र पिसिआर नेगेटिभ आउनुको अर्थ उक्त व्यक्तिलाई ३ हप्ता अगाडी कोरोनाभाईरस संक्रमण भएको र हाल उ कुनै पनि व्यक्तिमा कोरोनाभाईरस सार्न नसक्ने अवस्थामा रहेको बुझिने विज्ञहरुको बताउँछन् ।
यदि आरडीटी नेगिटिभ र पिसिआर पोजेटिभ आउँछ भने त्यसको मतलब उक्त व्यक्ति भर्खरै मात्र काेभिड-१९ बाट संक्रमित भएको हो भन्ने बुझिन्छ । दुवै नतिजा पोजेटिभ आउनुको अर्थ उक्त व्यक्ति कम्तिमा पनि दुई हप्ता अगाडि संक्रमण भएको बुझिन्छ ।