
एजेन्सी । कोरोनाभाइस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर एक लाख ६१ हजार ९ सय ५१ व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेहरुमध्ये करिव दुई तिहाई अर्थात् १ लाख ७ सय ९४ जनाको यूरोपमा मृत्यु भएको छ ।
युरोपमा कोरोनाभाइरस सङ्क्रमण १० लाख ७९ हजार ६५० जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा ३९ हजार ६८ जनाको मृत्यु भएको छ भने इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ३२३ र बेलायतमा १५ हजार ४६४ जनाको सङ्क्रमणका कारण आइतबारसम्म मृत्यु भएको छ ।