
नेदरल्याण्ड, ७ बैशाख । यूरोपेली मुलुक नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ ।
४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । म्याग्दी घर भइ श्रीमान र २ बच्चासहित १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत एक महिनादेखि होम क्वारेन्टाइनमा रहदै आएकी थिइन् ।
तर, पछि संक्रमणले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत रहदा नै उनको निधन भएको थकाली समाज बेल्जियमका सचिव रमेश शेरचनले जानकारी दिएका छन् ।
तर, पछि संक्रमणले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत रहदा नै उनको निधन भएको थकाली समाज बेल्जियमका सचिव रमेश शेरचनले जानकारी दिएका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएन) को संख्या २९ पुगेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित “कोभिड १९” उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको छ भने १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
अहिलेसम्म २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।