
कोरोना संक्रमित कैलालीकोलम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज विक कोरोनालाई जितेर घर फर्किएका छन् ।
कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको पछिल्ला दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएपछी उनि अस्पताल बाट डिस्चार्ज भएका हुन्।
भारतको मुम्बईबाट चैत ११ गते घर फर्किएका ती युवकको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि गत चैत २२ गते सेती अस्पताल भर्ना भएका थिए। उनि नेपालमा कोरोनालाई जितेर घर फर्किने चौथो व्यक्ति बनेका छन् ।
अब सेतीमा चार जना संक्रमितको उपचार भईरहेको छ। अन्य चार जना को’रोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको थियो।
यसअघि शनिबारमात्रै काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोनालाई जितेर घर फर्किएका थिए। त्यसअघि कोरोनाको पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका थिए।