
इन्टरनेट प्रयोगकर्ताको लागि आउने २ दिन समस्या पर्ने देखिएको छ । आगामी २ दिन विश्वभरको इन्टरनेट सर्भिसमा बाधा आउन सक्ने अन्तराष्ट्रीय सञ्चारमाध्यामहरुले जनाएका छन् । ‘रसिया टुडे’को रिपोर्टअनुसार मेन डोमेन सर्भर र योसँग जोडिएको नेटर्वक इन्फ्रास्ट्रक्चर केहि समयको लागि बन्द हुने भएकोले इन्टरनेटमा समास्या देखिन लागेको हो ।
रिपोर्टका अनुसार ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ लाई यो समयमा मर्मतका कामहरु गर्नुपर्ने छ । ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले क्रिप्टोग्राफिक की लाई बदल्न लागेको छ । जसले इंटरनेटको एड्रेस बुक वा डोमेन नेम सिस्टम (डिएनएस) लाई सुरक्षित बनाउँछ ।
कम्युनिकेशन रेगुलारिटी अथोरिटीले भनेको छ, ‘यदि इंटरनेट प्रयोगकर्ताले नेटवर्क अपरेटर वा इंटरनेट प्रोभाइडरहरु यो यसको लागि तयार भएनन् भने इंटरनेट सेवा सुचारु हुनपनि सक्छन् । जबकी उचित सिस्टर सेक्युरिटी एक्सटेनसनलाई सुचारु गरेको खण्डमा भने यसको असरबाट बचाउन सकिन्छ ।’
साइबर घटनाको बढ्दो आक्रमणलाई मध्यनजर गर्दै विश्वभरको इंटरनेट २ दिन यानिकी ४८ घण्टाको लागि बन्द गरिने ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले जनाएको छ । कम्युनिकेशन रेगुलारिटी अथोरिटीका अनुसार डिएनएसलाई सुरक्षित बनाउनको लागि विश्वभरको इंटरनेट सटडाउनु हुनु जरुरी छ ।