काठमाडौं – अमेरिकामा मृत्यु भएका १२ नेपालीको शव व्यवस्थापनमा समस्या भएको छ ।कोरोना भाइरस र अन्य कारणले मृत्यु भएका १२ नेपालीको शव १५ दिनदेखि अस्पतालकै श,व,गृहमा राखिए पनि मृतकका आफन्त तथा परिवारजन सम्पर्कमा नपुगेकाले व्यवस्थापनमा समस्या भएको हो ।
कोरोना भाइरसको महामारी फैलिएको अमेरिकामा अरु कारणले मृत्यु भएका नेपालीको पनि शव बुझ्न परिवारजन सम्पर्कमा नपुगेपछि अमेरिकास्थित नेपाली दूतावासले समन्वयको प्रयत्न गरिरहेको छ ।तर अहिलेसम्म परिवार वा आफन्तबारे केही पत्ता लाग्न नसकेकाले समस्या भएको नेपाली वाणिज्य दूतावासका कार्यवाहक कन्सुलेट पुष्प भट्टराईले जानकारी दिए ।
झण्डै दशकयता न्यूयोर्क बस्दै आएका नेपालको पूर्ख्यौली थातथलो मुस्ताङ भएका एक व्यक्तीको चैत तेस्रो साता मृ,,त्यु भएपछि उनको श,व ‘क्रोवीई’ श,व,गृहमा नै अलपत्र अवस्थामा छ ।१० दिनअघि मृ,,त्यु भएका काठमाडौंका अर्का एक नेपालीको पनि श,,व व्यवस्थापन हुन सकेको छैन एक साताअघि घरबारबिहीनका लागि व्यवस्था गरिएको ‘सेल्टर’
मा बस्दै आएका राई थरका एक अर्का नेपालीको पनि न्यूयोर्कमै मृ,,त्यु भएको छ । उनको शव पनि अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।कोरोना भाइरसले मृत्यु भएका ६ नेपालीको शव व्यवस्थापनमा मेरिल्याण्ड राज्यमा पनि समन्वय भइरहेको दूतावासले जनाएको छ।तर मेरिल्याण्ड राज्यले शवको व्यवस्थापनमा परिवारको अनुमती अनिवार्य गरेकाले त्यहाँ पनि समस्या भइरहेको छ ।