
जनकपुरधाम । गत शुक्रबार मात्र जनकपुरमा शंकास्पद नोटहरु फेला परेको तीन दिन नबित्दै पुनः शंकास्पद नोटहरु फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कदमचोकको एक किराना पसल अगाडी शंकास्पद नोटहरु फेला परेपछि प्रहरी हलचलमा आएको हो । आज (आईतबार) विहान करिब ५ः४५ बजेको समयमा शंकास्पद नोटहरु देखेपछि पसलेले प्रहरीलाई खवर गरेको थियो ।
सोही समयमा डयुटिमै रहेको प्रहरीले जिल्लामा खवर गरेको थियो । केही बेरमै जिल्ला प्रहरी कार्यालय धनुषाको मोबाइल टोली आएर नोटहरु पूर्ण सुरक्षाका साथ उठाएर लगिएको जनाइएको छ ।
प्रहरीका अनुसार नोटहरुलाई टेस्टको लागि लगिएको हो । कदमचोक स्थित रहेको उक्त किराना पसल (नाम गोप्य राखिएको) को अगाडी ५ को भारु नोट, १० को नेपाली नोट र ५ को नेपाली नोट गरी ३ वटा नोटहरु देखिएको थियो । यस बारे अरु थप विवरण आउन भने बाँकी छ ।