
काठमाडौं – कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न पूर्व राजा ज्ञानेन्द्र शाहले सरकारलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै कुनै बहानामा स्वास्थ्यकर्मीको मनोबल गिराउन नहुने तर्क गरेका छन्। उनले लेखेका छन्, ‘स्वास्थ्य संकटको यस विकट घडीमा अग्रपंक्तिमा रहेर हरदम नागरिकको सेवामा जुटेका विशेषज्ञ डाक्टरहरु वा अन्य सहयोगी स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने कार्य राज्यबाट हुनु अति आवश्यक छ। न कि कुनै बहानामा मनोबल गिराउने काम ।’
साथै उनीहरुको मनोबल गिराउने काम भएका त्यसको असर नागरिकले भोग्नु पर्ने पनि उनले बताएका छन्।
स्वास्थ्य संकटको यस विकट घडीमा अग्रपंक्तिमा रहेर हरदम नागरिकको सेवामा जुटेका विशेषज्ञ डाक्टरहरु वा अन्य सहयोगी स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने कार्य राज्यबाट हुनु अति आवश्यक छ; न कि कुनै बहानामा मनोबल गिराउने काम । यसको नकारात्मक असर साधारण नागरिककले भोग्नु पर्ने हुनसक्छ ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 18, 2020