कुवेत / कुवेतमा शनिबार थप २ जना नेपालीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएको छ । यो सँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २१ पुगेको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार कोरोना भाइरसको संक्रमण हुनेहरु १ हजार ७ सय ५१ जना मध्ये १ हजार ४ सय ६५ संक्रमितहरुको उपचार भैरहेको छ भने ३४ जनाको अवस्था गम्भीर रहेको छ भने २ सय ८० जना अस्पतालबाट निको भएर डिस्चार्ज भएर घर फर्केका छन् ।
कुवेतमा थप २ सहित अहिलेसम्म २१ जना नयाँ नेपालीमा सङ्क्रमित देखिएको छ । सनिबार एक ६८ बर्षिय बङ्गलादेशी नागरिकको मृत्यु भएको छ । यस अघि ३ कुवेती र एक ६९ बर्षिय ईरानी र एक भारतीय नागरिक गरि ५ जनाले ज्यान गुमाएका थिए । कुवेतमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहन, आफू बिरामी परेको बेलामा घरमा छुट्टै कोठामा बस्न तथा ज्वरो, रूघा, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए २४९७०९६७ नम्बरमा सम्पर्क गर्न र आफ्नो अवस्थाबारे जानकारी गराउन दूताबासले अनुरोध गरेको छ साथै कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न भनेको छ ।
लकडाउन तथा कर्फ्यू लागेका बेला लामो समय घर भित्र रहँदा आफूलाई स्फूर्त राख्न व्यायाम तथा योगा गर्न, गीत, संगीत, साहित्य सिर्जना जस्ता रचनात्मक कार्य गर्न दूतावासले अनुरोध गरेको छ ।