
गैरआवासीय नेपाली संघ साइप्रसका संरक्षक सुवास मल्ल, युवा प्रतिनिधि कुन्दन कार्की र महासचिव कृप थापाको विशेष पहलमा साइप्रसमा रहेका पीडित नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ ।
एउटा भनाइ छ आफ्नो इज्जत जाेगाउन नसक्नेले अरुको इज्जत जाेगाउछ भन्नू मुर्खता हाे ।
विशेष राहत प्याकेज भनेको विद्यार्थी भाइबहिनी हरुकाे लागि हाे त्यसपछि कामदार भिसामा आएका अति नै पीडित दाजुभाइ दिदीबहिनी हरुलाई राहत दिने भनेर संस्थाको सल्लाह अनुसार राहत वितरण गरेको हाे ।
नेपालीकाे सकरात्मक साेचकाे विकास कहिलेसम्म हुने हाे ।

राहत भनेको वास्तविक पीडितलाई दिइने सामान्य सहयोग हाे । याे सहयोग लाई तपाईंले कस्तो तरिकाले लिनु हुन्छ त्यो मलाई थाहा छैन । जहिले सम्म लकडाउन खुल्दैन त्यसबेला सम्म हुने गरेर राहत दिनुपर्छ भन्ने छैन र कसैले दिन पनि सक्दैन । राहत भनेको वास्तविक पीडित (पीडित धेरै प्रकारका हुन्छन) अहिले काे अवस्थामा भन्नु पर्दा विश्वमा COVID-19 ले महामारीको रुप लिइरहेको बेलामा यसलाई राेगथाम गर्ने कुनै पनि अौँषधी उत्पादन भएको छैन । यस महामारी लाई नियन्त्रण गर्ने एक मात्र उपाय हाे घरमै बस्ने र कुनै पनि मान्छे सँग भेटघाट नगर्नु हाे । त्यसैले यश भाइरस बाट बच्न अहिले संसार भरी लकडाउन काे अवस्था चलिरहेको छ । त्यसैको मारमा हामी नेपाली मात्र हैन साइप्रस बासिन्दा लगायत अन्य देशका नागरिक लाई पनि याे अवस्था आएको छ ।
याे काेराेना भाइरसकाे संक्रमणकालीन अबस्थामा साइप्रसमा रहेका नेपाली विद्यार्थी लगायत कामदार भिसामा आएका नेपाली लाई अलिकति भए पनि राहत मिल्छ भन्ने उद्देश्य ले साइप्रसमा रहेका सबै संघसंस्था मिलेर NRNA साइप्रसकाे सहकार्यमा राहत वितरणको माहोल बनाएकाे थियो । मलाई लाग्छ धेरै जसाे कामदार भिसामा आउनु भएको दाजुभाइ दिदीबहिनीहरुले याे सहयोग गर्नु भएको हाे । उहाँहरुले आफ्नो १ छाककाे पैसा काटेर विचरा पीडितको लागि भनेर सबैले जम्मा गर्नु भएकाे थियो । याे राहत कुनै सरकारले दिएको हाेइन व्यक्तिगत रुपमा सहयोग गर्नु भएको हाे ।
कामदार भिसामा आएको मान्छेले मैले राहत पाइन भन्नू कुनै नौलो कुरा त हाेइन, नेपाली हाेनी जति दिए पनि पुग्यो कहिले भन्दैनन् । नेपालमा मन्त्रीले त राहतको नाममा करोडौं भ्रष्टाचार गरेको रेकर्ड छ भने याे नौलो कुरा भएन । एन आर एन ए ले राहत दिएन भन्नू भन्दा पनि मैले यो संस्थाको नियम प्रक्रिया के हाे त्यो मैले फ्लाे गेरे कि गरेन । अर्को कुरा याे संस्थाको नाेटिसमा पिन कार्ड भएको व्यक्तिलाई मात्र राहत दिने भनेर भनेको छैन हाेला । जुनसुकै व्यक्ति हाेस् ( चाहे त्यो कामदार भिसामा हाेस् यात विद्यार्थी भिसामा हाेस् )मेरो बुझाइमा वास्तविक पीडित व्यक्तिलाई राहत दिने सल्लाह हाे । पीडितले म कति सम्म पीडित छु भन्ने कुरा थाहा पाउन जरुरी छ । राहत काे नाममा कुनैपनि मान्छेको चरित्र हत्या गर्न मिल्दैन । सबै मान्छेको आ-आफ्नो स्थान हुन्छ त्यो स्थान मा रहेर हेर कति फरक हुन्छ ।
कसले राहत लिएको हाे र कसलाई नपुगेको हाे त्यो फेसबुककाे वालमा हालेर राहत पूरा हुने हाेइन वास्तविक पीडितले राहत लिने बेला भन्नुपर्छ मलाई यति राहतले पुग्दैन ।
राहत लिएर खाइसकेपछि मलाई राहत थाेरै भयो भन्ने हाेइन महासय ? राहत लिदा धेरै र खानेबेला थाेरै भएको त हाेइन हाेला ।
हामी नेपालीले हाम्रै नेपालीको विजेत गरेको देख्दा दुख लागेर आयो ।
आजका भद्रभलात्मी लाई भन्न मन छ तपाई कुनै पनि कुराकाे जज् फेसबुककाे वालमा हाेइन,प्रत्यक्ष भेटेर आफ्नो अभिमत राख्नुस् । कुनै पनि कुरा नबुझी आफ्नो धारण राख्न त सकिन्छ तर त्यसले भविष्यमा कस्ताे परिणाम दिने हाे पत्ताे हुन्न । सामाजिक सञ्जाल फेसबुकले टाढाको लाई नजिक र नजिक काे लाई टाढा बनाउछ । यसलाई प्रयोग गर्न जान्याे भने परिणाम राम्रै आउँछ र यसको गलत प्रयोग भयो भने परिणाम गलत आउँछ ।
मानौ कुनैपनि मान्छेले गरेको काम गलत छ भने सिधै उसको अगाडि आएर प्रत्यक्ष भेटेर आखिर के कुरामा कमीकमजोरी भएको हाे निष्कर्षमा पुगिन्छ । तपाईंले याे काम गलत गर्दै हुनुहुन्छ । यदि त्यो मान्छेले जानेर गरेको हाे या अञ्जानमा गरेको हाे थाहा पाउन धेरै समय लाग्दैन ।
त्यसरी सामाजिक सञ्जाल फेसबुककाे वालमा दाेहाेरी खेलेर केही फाइदा छैन । हामी नेपालीले नेपालीलाई परेको बेला सहयोग गर्नुपर्छ अरु कसैले सहयोग गर्दैन ।
यसरी फेसबुककाे वालमा हालेर कुनै पनि समस्याको समाधान हुदैन ।
यसरी सामाजिक सञ्जाल फेसबुककाे वालमा जुवारी खेलेको देख्दा दुख लागेर आयाे त्यसैले सानो सुझाव दिन मन लाग्यो ।
आफू बाँचौ अरुलाई बचाउ !
लकडाउनकाे उलंघन नगरौं !
धन्यवाद!
हाल- साइप्रस