
प्रतिबन्धित लागू औ-षध मुद्दाका आ रोपित रौतहटको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र इशनाथ नगरपालिकाको नेकपा अध्यक्ष मोहन मेहताविरुद्ध मु द्दा नचल्ने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरले मेहताद्वय विरुद्ध प्रमाणको अभाव भएको भन्दै मु द्दा नचल्ने निर्णय गरेको हुन् ।
नगरपालिकाका मेयर र नेकपा अध्यक्ष मेहताद्वय दाजुभाइ हुन् । गत माघ १० मा मकवानपुरको हेटौँडा १९ नेवारपानीमा एम्बुलेन्समा ३० किलो ६०० ग्राम गाँजासहित तीन जना प-क्राउ परेका थिए ।
बा २ झ १७४९ नम्बरको एम्बुलेन्सलाई प्रहरीले चेकजाँच गर्दा इशनाथ ९ डुमरियाका चालक महम्मद खालिद, अशोककुमार र भारत बिहार राज्यको मोतीहारीस्थित बसतपुरका विनोद सहनी प-क्राउ परेका थिए ।
एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजासहित ९१ हजार रुपैया नेपाली तथा दुई हजार दुई सय रुपैया भारु पनि बरामद भएको थियो ।
मु-द्दाको अनुसन्धानको क्रममा इशनाथ नपाका मेयर सन्तोष मेहता र निजका भाइ एम्बुलेन्स संचालन समिति अध्यक्ष मोहन मेहतालाई प-क्राउ गरेर उपस्थित गराउन गत चैत १७ मा जिल्ला अदालत मकवानपुरले प-क्राउ पुर्जी जारी गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले प्रमाणको अभावमा मु-द्दा नचल्ने निर्णय भएको बताउँदै एम्बुलेन्सलाई पनि छोड्ने निर्णय भएको बताएका छन् ।
यो समाचार हिमाल खबरपत्रिकामा सञ्जय मित्र ले लेखेका हुन् ।