
धनकुटा / कोरोना भाइरसको संक्रमणबाट बेलायतको लण्डनमा एक भूतपूर्व गोर्खा सैनिकले ज्यान गुगमाएका छन ।
बेलायत स्थित लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक भूतपूर्व गोर्खा सैनिकको निधन भएको छ ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–१, हात्तिखर्क को माक्लुङ घर भई बेलायतमा बस्दै आएका ८२ वर्षीय हरिमान गोम्देन तामाङको कोरोना संक्रमणबाट निधन भएको हो ।
पाँच दिन अघि स्वास्थ्यमा समस्या आएपछि हिलिङडन अस्पताल भर्ना गरिएको उनलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको गेसो उपाध्यक्ष धर्म तामाङले जनाएका छन् ।
श्रीमती, छोरी ज्वाईं संगै लण्डन बस्दै आएका उनको एक छोरा अष्ट्रेलियामा छन् ।
बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या झण्डै एक दर्जन भन्दा बढी पुगेको बताइएको छ ।
तामाङले पेन्सन भएपछि नेपालमा रहँदा नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य भएर आफ्नो समुदायको हितमा काम गर्ने गरी वि.संं. २०४८ साल देखी ०५१ सालसम्म जिम्मेवारी निर्वाह गरेका थिए ।