
नायक आर्यन सिग्देलले आज (शनिबार) डबल सेलिब्रेसन गर्दैछन् । आर्यनको बैबाहिक बर्ष गाँठो र छोराको जन्मोत्सव एक दिन परेको हो ।
६ बर्ष अगाडी बैशाख ६ गते आर्यनले प्रेमिका सपना भण्डारीसँग बिहे गरेका थिए । गत साल यही दिनमा सिग्देल दम्पत्तीलाई पुत्र लाभ भएको थियो । एकै दिन परेको दोहोरो खुसी आर्यनले आफ्नो टाइमलाइनमा शेयर गरेका छन् ।
आर्यन र सपनालाई हेप्पी म्यारिज एनिभर्सरी अनि छोरा आयान्स जन्मदिनको शुभकामना । लकडाउनको समयमा आर्यन आफ्नो घर थानकोटमा छन् ।