
दीपबहादुर बडुवाल (दीपक)
विश्वशक्ति राष्ट र यसको प्रभावको आधारमा विश्वव्यापी मान्यता तथा दृष्टिकोणको विकास हुने गर्दछ । सुपर पावरको मेडल कसरी पाइन्छ र कसरी खोसिन्छ ? यो तथ्य रोचक तथा मननयोग्य पनि छ । सन् १९५६ भन्दा पहिला ब्रिटेन सुपर पावर थियो । सन् १९५६मा ब्रिटेनले एक अर्को देशसँग मिलेर स्विस क्यानल माथि कब्जा गर्ने कोशिस गर्यो । तर ईरानले त्यसलाई बिफल गरिदियो र अमेरिकाले पनि ब्रिटेनलाई त्यहाँबाट खुट्टा पछाडि तान्न बाध्य गरायो । ब्रिटेनको त्यतिखेर पूरा विश्वभरीमा मानहानी भयो र विस्तारै ब्रिटेनको सुपर पावरको तक्मा (मेडल) खोसियो ।
अहिले यहि अमेरिकाको साथमा हुँदैछ । आज अमेरिका सुपर पावर छ तर २०१५ मा जब इबोला आयो त्यसबेला अमेरिकाले थुप्रै देशहरुलाई मिलाएर एउटा समर्थन समूह बनायो र त्यतिबेलाको संकटबाट लड्न विश्वलाई नेतृत्व गरेको थियो ।तर आज कहाँ छ अमेरिका ?आज डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका चुप्प लागेर आफ्नो घर मात्र हेरिरहेको छ अथवा भनौं कि त्यसले आफ्नो घर पनि राम्रोसंग हेर्न सकेको छैन ।अर्कोतर्फ चीन एउटा ठूलो कूटनीतिक योजनामा व्यस्त छ । आउनुहोस म हजुरहरुलाई केही चाखलाग्दा आँकड़ाहरू देखाउँछु ।

यस कोरोनाभाईरस पछि चीन एउटा ठूलो शक्ति बनेर विश्वसामु आउने छ ।चीन विश्वगुरु भएर अमेरिकाको समक्ष उभिने छ । उत्तर कोरिया र रूस जस्ता केही देशहरूमात्र अहिले चीनका साथी छन भने अब विश्वभरीमा चीनका पचासौं देशहरू मित्र बनेर आउने छन ।यो वाक्यलाई राम्रोसँग पढ्नुहोस–“अब विश्वले त्यो त्यो वस्तु लिने छ जो जो चीनले उत्पादन गर्ने (Now World will take, what China will make) ।”
गम्भीर विश्लेषण गर्ने कि ?
विस्तारपूर्वक बुझ्ने कोशिश गरौं, कसरी चीन विश्वगुरु अथवा सुपर पावर बन्न गईरहेको छ ।उता अमेरिका अहिले आफ्नै घर बचाउने कोशिश तर्फ लागिरहेको छ । अहिले विश्वमा अमेरिकाको प्रभाव विस्तारै विस्तारै कम हुँदै गईरहेको छ । अब उसको बोलीलाई विश्वमा त्यति महत्व दिईदैन । विस्तारै विस्तारै विश्वगुरुको स्थितिबाट तल झर्दै गई रहेको छ ।उसको कुराहरु अब त्यति सुनिदैन, उसको सम्मान पनि कम हुँदै गई रहेको छ ।बेइजिंगले यो देखिसक्यो ।
बेइजिंगले अब एउटा नयाँ रणनीतिमा काम गर्न शुरू गरी सकेको छ (To aquire world leadership after corona virus pandemic) ।बेइजिंगले कोरोना भाईरसलाई हराउने आफ्नो जीतलाई संसारभरी राम्रैसँग प्रचार गर्दै गईरहेको छ । उसले संसारलाई भन्दै छ –“हाम्रो गति हेर्नुहोस, हाम्रो दक्षता हेर्नुहोस र हाम्रो योजना हेर्नुहोस ।”बेइजिंग वास्तवमा भन्ने हो भने अहिले विश्वको नै सल्लाहकार भएको छ । प्रत्येक दिन बेइजिंगले भिडियो कन्फ्रेन्सिंगको माध्यमबाट अलग अलग देशका राष्ट्राध्यक्षहरुसंग बैठक गरेर बताउने गरेको छ, यो भाईरसलाई कसरी नियन्त्रित गर्ने भनेर । एक प्रकारले हेर्ने हो भने बेइजिंगले लचकताकासाथ विश्व नेतृत्व (Soft world leader) गर्न शुरू गरिसकेको छ । बेइजिंगले चतुर्याईपूर्वक संसारभरिमा आफ्नो सफलता र अमेरिकाको गैरजिम्मेवारी र अक्षमताको एउटा कहानी पेश गर्दै गईरहेको छ ।
चीनले अहिले एउटा नयाँ शब्द विश्वलाई दिईरहेको छ, “चीन विश्वव्यापी रुपमा जिम्मेवार देश हो “ (China is a globally respnosible country )। चीनको नयाँ मन्त्र हो – “हामी संसारको ख्याल राख्छौं (We care for world ) ।” यस्तो त चीन कहिल्यै थिएन । तर यो एउटा नयाँ तस्वीर हो जसलाई चीनले विश्व महाशक्ति बन्नलाई विश्वसामु देखाई रहेको छ । केही उदहारण हेर्नुहोस :
जब इटलीमा त्रास फैलिरहेको थियो र इटली विश्वसामु मद्दतको लागि कराईरहेको थियो कि कोई किट पुर्याईदिनुहोस, भेंटीलेटर पुर्याईदिनुहोस, मास्क पुर्याईदिनुहोस, रेस्पीरेटर पुर्याईदिनुहोस त्यतिबेला कुनै पनि यूरोपियन देश अगाडि आएन । तर चीनले के गर्यो ? चीनले सार्वजनिक रुपमा प्रतिवद्धता जनायो र तुरुन्त इटलीलाई आवश्यक सामग्री पठायो । जसमा १ हजार थान भेंटीलेटर, २० लाख थान मास्क, १ लाख रेस्पीरेटर, २० हजार प्रोटेक्टिव सूट र ५० हजार टेस्ट किटहरु थिए । यस्तो गर्दैमा पूरा इटलीमा चीनको प्रसंशा हुन थाल्यो । जबकि केही दिन पहिला इटलीमा चीनको विरुद्ध नाराबाजी र जुलूससम्म निकालिएको थियो किनकी चीनले एक एक गरी विस्तारै इटलीका कम्पनिहरू किन्न थालिसकेको थियो । इटलीको अर्थव्यवस्था धेरै वर्ष भयो धराशायी भएको । चीनले विस्तारै त्यहाँ कब्जा गर्न शुरू गरी सकेको छ । वैश्विक नेतृत्वको भूमिका जुन यति बेला अमेरिकाले खेल्नु पर्ने थियो त्यो चीनले खेलिरहेको छ ।
साढे दुईलाख मास्क, मेडिकल किट र मेडिकल टीम चीनले ईरान र सर्बियालाई पनि पठायो । सर्बियाका प्रमुखले भन्छन, “यूरोपियन देशहरूँसंग मित्रता मात्र एक परीकथा जस्तै हो, यसबेला संसारको असल साथी चीन हो ।” त्यसकारण कति छिटो संसारका जनताहरुको दिमाग बदलिने छ र चीन कति छिटो एउटा नवीन र भद्र राष्ट्र र एउटा सहयोगि राष्ट्र (हेल्पिंग नेशन) भएर विश्वसामू प्रकट हुने छ थाहै हुने छैन । विश्वास नभए याद गर्नुहोस ! पहिला भारतको मित्रराष्ट्र को थियो ? रूस । भारतको सबभन्दा ठूलो बिरोधी को थियो ? अमेरिका । तर आज अमेरिका भारतको सबभन्दा ठूलो मित्रराष्ट्र छ । कतै चीन पनि त यसै बाटोतिर हिंडेको त छैन ?
हो, निश्चित रुपमा चीन पनि यसै बाटोमा हिंडिरहेको छ । चीन एउटा यस्तो देश हो जहाँ कुनै कम्पनीले अथवा जनताले सरकारको कुरा काट्न सक्दैनन । चीनले के गर्यो? सबै उद्योगपतिहरुलाई काममा लगाई दियो । चीनको सबभन्दा प्रमुख र ख्याति प्राप्त उद्योगपति हो–ज्याक मा, अलीबाबा कम्पनीको मालिक । अलीबाबाको माध्यमबाट चीनले एउटा गजबको काम गर्यो । अफ्रीकाका ५४ देशहरुमा जहाँ कसैले ध्यान पुर्याएको थिएन, प्रत्येक देशमा २० हजार थान टेस्ट किट र १ लाख थान मास्क पुर्याईदियो । अब यी ५४ देश कसलाई सलाम ठोक्छन? पहिला यो काम अमेरिकाले गर्ने गर्दथ्यो, तर अहिले अमेरिका चुप्प लागेर बसेको छ । चीनले सबैको मुटुभित्र स्थान बनाउन शुरू गरिसकेको छ । यो एउटा संकेत हो चीनको विश्व गुरु बन्ने । चीनले अहिले पूरा विश्वलाईनै यो सन्देश दिई रहेको छ कि तिमीहरूले मसंग मित्रता गर्नैपर्छ, र म त मित्रता गर्न र तपाईसँग अंगालो मार्नको लागिबसेको छु, मलाई अवसर त दिनुहोस !
असल मित्रता वा सम्बन्धमा दुरी ?
किन कोरोना भाईरसको लागि चीनसँग मित्रता जरूरी छ ? कोरोना भाईरसबाट बाँच्नको लागि चाहियो के के ? भन्ने विषयले हरेक नागरिकको ध्यान खिचेको छ ।
सर्जिकल मास्क – चीन यतिबेला युद्धस्तरमा मास्कको उत्पादन गरिरहेको छ र पूरा विश्वभरिलाई मास्क आपूर्ति गरी रहेको छ । उता कथित विश्वगुरु अमेरिकासँग आफ्नै देशवासीहरुलाई दिनलाई मास्क छैनन । कोरोना भाईरस सँग लड्नलाई एन–ढछ रेस्पिरेटर मास्कको आवश्यकता हुन्छ । चीनको बुद्धिमता हेर्नुहोस । ५० प्रतिशत एन–९५ रेस्पिरेटर यतिबेला चीनले बनाई रहेको छ र उसले आफ्नो देशमा काम गरी रहेका विदेशी कंम्पनीहरुलाई पनि यो अनिवार्य रुपमा भनिसकेको छ कि तपाईहरुले छिटो भन्दा छिटो धेरै भन्दा धेरै रेस्पिरेटर बनाउनुहोस र सबै रेस्पीरेटर सरकारलाई मात्र बेच्नु पर्छ । सरकारले ति रेस्पीरेटरहरुलाई संसारमा कहाँ कहाँ पठाउने कुराको तय गर्छ । अब यदि चीनलाई विश्व गुरु बन्नु छ भने जुन देशसँग उसले मित्रता गर्नु छ, जुन देशका प्राकृतिक संसाधनहरु माथि कब्जा गर्नु छ, जुन देशसँग रणनीतिक सम्बन्ध बनाउनु छ तिं देशहरुमा उसले यी सबै चिकित्सा उपकरणहरु पुर्याउँछ । खासमा भन्ने हो भने यी रेस्पीरेटरहरु विदेश नीतिका औजार (Foreign Policy Tool) को रुपमा प्रयोग भईरहेका छन ।
जब चारैतिर कोरोना भाईरस फैलिएला, मान्छेहरु बिमार होलान, उनीहरुलाई अन्य प्रकारका संक्रमणहरु होलान । अन्य प्रकारका संक्रमणहरुको उपचार (ट्रीटमेंट) को लागि औषधिहरुको आवश्यकता पर्न जाला । गजबको कुरा त यो छ कि संसारभरीका ९० प्रतिशत औषधिहरुमा चीनको कुनै न कुनै घटक (Component) लाग्छ किनकी चीन थोक औषधिमा विश्वको सबैभन्दा ठूलो निर्माता तथा पैठारीकर्ता हो ।
अब चीनको विपरित आजको राजा अमेरिकालाई हेरौं । अमेरिकाको आजको स्थिति यो छ कि त्यहाँ मात्र १ प्रतिशत मास्क र रेस्पीरेटरहरु छन । मात्र १० प्रतिशत भेंटीलेटरहरु छन यस महामारीसँग जुध्नलाई । बाँकीको लागि अमेरिकालाई अर्थात आजका राजालाई “चाइना शरणम गच्छामी” हुनै पर्छ या त फेरी आफ्नै देशमा घरेलु उत्पादन बढाउनु पर्ने हुन्छ जो अचानक कहिल्यै पनि बढ्दैन र खासकुरा यो छ कि उपभोक्ता राष्ट्र (Consuming Nation) भएको हुनाले अमेरिकामा ९५ प्रतिशत एन्टी बायोटिक औषधि चीनको सहयोग विना बन्नै सक्दैनन ।
मूलभूत कुरा के रहेछ?
यसबेला चीनले बेहिसाब ऋण दिनेछ । त्यो ऋणको पैसा तुरुन्त माग्ने पनि छैन र पचासौं देशहरुलाई आफ्नो ऋणतल दबाई दिने छ । आज पनि यहि हालत छ पूरा एशियामा ।
हेर्नुहोस साना साना देशहरू चीनको ऋण तल दबिएका छन । चीनको सबैभन्दा ठूलो समस्या तेलको कमी हुनु हो । अहिले कोरोना भाईरसले गर्दा तेलको मूल्य ऐतिहासिक रुपमा गत १८ वर्षको न्यूनतम स्तरमा पुगेको छ । यस्तोमा चीन लामो समयको लागि तेल कम्ंपनीहरुसँग सहकार्य गर्छ, न्यूनतम मूल्यमा लामो समयको पैसा आजै दिएर तेल खरीद गरेर आजको मूल्यमा तेललाई फ्रीज गरी हाल्छ र तेलमा आफ्नो निर्भरतालाई समाप्त गर्छ । न्यूनतम मूल्यमा तेल खरीद गर्नु र तेल माथि निर्भरता समाप्त हुनुको अर्थ हो त्यो देशलाई प्रगति गर्नबाट कसैले रोक्न सक्दैन ।
चीनको साथमा अहिले केही देशहरू मात्र छन, तर कोरोना महामारी सिद्धिए लगत्तै धेरै देशहरू चीनका मित्रराष्ट्र बन्ने छन । संसारका अलग अलग विश्वमञ्च (World Forum) मा कैयौं मांगहरुमा जहाँ चीन अहिले एक्लै पर्ने गर्छ, त्यहाँ तब यी सबै देशहरू चीनको पक्षमा उभिने छन । यी देशहरुको समर्थन मिल्न शुरू भई हाल्छ । चीनलाई आफैलाई कोरोना भाइरसबाट कुनै समस्या हुने छैन किनकी चीन आफै उत्पादक र आफै उपभोक्ता पनि हो । यति ठूलो जनसँख्या छ कि चीन आफै धेरै ठूलो मात्रामा उत्पादनको उपयोग गरी हाल्छ । त्यसैले मैले पहिला भनें विश्वले चीनले निर्माण गरेको वस्तुको उपयोग गर्ने छ (Now world will take, what china will make) ।” विश्वका बाँकी देशहरु यतिबेला ठूलो त्रासमा छन, अचानक तिनिहरू आफ्नो देशमा उत्पादन गर्न सक्दैनन । त्यसैले, यतिबेला सबैले चीनलाई सलाम गर्नै पर्छ । कोरोना भाईरस चीनको लागि विश्वको अगुवा (गुरु) बन्नमा एकदम ठूलो अवसर (Opportunity) भएको छ ।
निष्कर्षमा,
विश्व कोरोनाको महामारीमा तड्पिरहेको परिवेशमा सिंगो मानव समुदाय मानव समाजका महत्वपूर्ण निधिहरुको संरक्षण तथा प्रवद्र्धनका लागि भरमग्धुर प्रयत्नरत रहेको छ ।
समाजको प्रगति वा अधोगति कुनै पनि राष्ट वा समाजका नेतृत्व गर्ने व्यक्तिको उच्च नैतिकता तथा समाजप्रतिको प्रतिवद्धतामा निर्भर रहेको हुन्छ । त्यसभन्दा बढी समाजका आम नागरिकहरुको सजगता, इमान्दारिता तथा उच्च नैतिक व्यवहारमा भर पर्दछ । हुनत तेस्रो विश्वका अति कम विकसित मुलुकहरुमा कुनै पनि व्यक्तिलाई किन चिन्ने भन्दा पनि कसलाई चिन्ने भन्ने विषयले प्राथमिकता पाउने गर्दछ । तथापि, कुनै पनि व्यक्ति, समाज र राष्टलाई चिन्ने र आवश्यक सम्मान दिने भनेको उसले अन्य सहकर्मीहरुसँग गरेको योगदान तथा लगानीको उचित कदर गर्नका लागि हुने गर्दछ । नेपालमा गएको वि.सं.२०७२ सालको महाविनाशकारी भूकम्प र हाल विश्वलाई त्रसित पारिरहेको कोरोना भाइरसबाट बच्नका लागि चीनले विश्वसमूदायलाई लगाएको गुण अत्यावश्यक तथा बहुआयामिक छ, जसलाई जति बखान गरे पनि अधुरो रहन्छ । अतः हरेक समाजमा रहने व्यक्ति तथा समूदायको पहिचान उसको सामाजिक चिन्तन तथा दुष्टिकोणबाट हुने भएकोले समाजमा गरिएको लगानी, सामाजिक भावना र सहयोगि व्यवहारलाई सदा सम्मान गरौं र उचित कुराहरुको आत्मसात समेत गरौं ।
(लेखक कर्णाली प्रदेश, दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ८ तिलेपाटा, स्थायी बसोबास भई हाल बीरेन्द्रनगर सुर्खेतमा व्यवसायी तथा समाजसेवीको रुपमा क्रियाशील हुनुहुन्छ । )