
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट बच्न नेपालमा पनि लकडाउन गरिएको तिन हप्ता भएको छ । जसका कारण नेपाली चलचित्रका कलाकारहरू पनि घरमै छन् । घरमा रहेको बेला उनीहरूले विभिन्न काम गरिरहेका छन् ।
अभिनेताहरूले अहिले घरमा बसेर नयाँनयाँ परिकार पकाउन सिकिरहेका बेला नायिका स्वस्तिमा खड्का पनि घरमै छिन् । उनी श्रीमान निश्चल बस्नेतसँग होम क्वारेन्टाइनमा बस्दै आएकी छिन् । वैशाख महिना सुरु भएसँगै देशभर गर्मी पनि बढेको छ । गर्मी मौसम मानिसहरुका लागि विशेष छ । धेरै मानिस यो समयमा स्विमिङमा रमाउन चाहन्छन् ।
नेपाली चलचित्रका स्विमिङमा रमाउँदै गरेका तस्वीर गत वर्षसम्म खुबै देखिन्थे । तर, यो वर्ष लक डाउनका कारण कोही पनि घरबाट निस्कन पाएका छैनन् । यसैले पनि नायिकाहरुका स्विमिङमा रमाएका तस्वीर सार्वजनिक भएका छैनन् ।
तर, नायिकाहरू त्यो पललाई मिस भने गरिरहेका छन् । नायिका स्वस्तिमा खड्काले पनि स्विमिङमा रमाउँदै गरेको तस्वीर पोस्ट गर्दै पुराना खुसीका दिनहरु भनेर सेयर गरेकी छिन् । उनले, यो समयमा बाहिर जानु जोखिमपूर्ण भएपनि आफूले कामलाई मिस गरिरहेको पनि उल्लेख गरेकी छिन् ।