
काठमाडौं : उदयपुरमा कोरोना संक्रमित भेटिएका १२ जना जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको पाइएको छ ।
उनीहरु यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानमा देखिएको हो ।उदयपुरको त्रियुगा नगरपालिका तीन भुल्केस्थित मस्जिदमा संक्रमित अवस्थामा भेटिएका १२ जना भारतीयले आफुहरु मंसिर अन्तिम साता नै नेपाल प्रवेश गरेको प्रहरीलाई बताएका छन् ।संक्रमितसँगै भुल्केको मस्जिदमा १६ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
उनीहरु मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाइएपछि उनीहरु गएका मस्जिद लगायतका क्षेत्रमा प्रहरीले कन्ट्याक ट्रेसिङको तयारी गरिएको छ ।
संक्रमितहरु उपदेशहरु दिँदै गाउ गाउ डुलेका थिए ।संक्रमितलाई भने विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ ।
अस्पतालमा १० वटा आईसीयु र १० वटा भेन्टिलेटरसहितको शैय्यासमेत छन् । प्रदेश सरकारले कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनको जिम्मेवारी कोसी अस्पताललाई दिएको छ ।
यी हुन् उदयपुरकाे मस्जिदमा लुकेर बसेका काेराेना संक्रमित भारतीयहरू
विराटनगर / शुक्रबार कोरोना संक्रमण पुष्टि भएका १२ जना भारतीय नागरिकलाई बिराटनगर लगिएको छ ।
संक्रमितहरू २१ वर्षीय अनम ज़ैदी, दिल्ली, ४० वर्षीय मौ. सनउल्ला, दिल्ली, ३१ वर्षीय मौ. रिजवान, दिल्ली, २२ वर्षीय सनमान खान, उत्तर दिल्ली, २८ वर्षीय राशिक राउंड, दिल्ली, २५ वर्षीय मोहामिन्स, साउथ दिल्ली, २१ वर्षीय मौ. आसिफ, उत्तर दिल्ली, २८ वर्षीय सुदेव अहमत, बिजौर, २६ वर्षीय अहमत सइद, दक्षिण दिल्ली, २६ वर्षीय मौ. अबुबकर, दिल्ली, २८ वर्षीय मौ. जावैद, उतर प्रदेश र २५ वर्षीय आदिम अनवर, जामियनगर रहेका छन् ।
उनीहरू उदयपुरको एक मस्जिदमा भेटिएका थिए । कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि १२ जनालाई उपचार र रेखदेख गर्ने गरि कोरोना संक्रमितकै उपचार गर्न भनेर विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रमा राखिएको छ ।
जनरल वार्ड, आईसीयु, भेन्टिलेटर कुन आवश्यक पर्ने हो त्यहीअनुसार उपचार हुने जनाइएको छ । संक्रमितको अवस्था कस्तो छ र कुन चरणबाट उपचार थालिने भन्ने उनीहरू आएपछि हुने थप परीक्षणबाट थाहा हुने चिकित्सकको भनाइ छ ।
प्रदेश सरकारले कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनको जिम्मेवारी कोसी अस्पताललाई दिएको छ ।