![सबै भन्दा बढी कोरोना संक्रमित भएको जिल्ला बन्यो उदयपुर ! कुन जिल्लामा कति ? [विस्तृतमा]](https://ktmdainik.com/wp-content/uploads/2020/04/Kunjjillama.png)
काठमाडौँ – शुक्रबार एकै दिन नेपालमा १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको सङख्या एकै दिन लगभग दोब्बरले बढेर ३० पुगेको हो। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका ८ जनाको र अन्य चारजनामा समेत गरी त्यहाँ एकै दिन १ दर्जन संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेका छन् भने उनीहरु सबै पुरुष हुन्।
उदयपुर पछि सबै भन्दा धेरै संक्रमित काठमाडौँमा फेला परेका छन्। केहि दिन अगाडी सनसिटी अपार्टमेन्टमा दुई संक्रमित फेला परेसंगै काठमाडौँमा संक्रमितको संख्या पाँच पुगेको थियो। काठमाडौँमा फेला परेका मध्ये एक संक्रमित निको भइसकेका छन्। यस्तै काठमाडौँ पछि धेरै संक्रमित कैलालीमा फेला परेका छन्। त्यहाँ अहिले सम्म संक्रमितको संख्या ४ पुगिसकेको छ।
नेपाल अहिलेसम्म ७ जना महिला र २३ जना पुरुषमा कोरोना संक्रमण भेटिएको छ । जसमध्ये पर्सामा चैत ३० मा भेटिएका ३ जना संक्रमितहरु भारतीय नागरिक हुन् भने आज उदयपुरमा भेटिएका १२ जना पनि भारतिय नागरिक नै हुन् ।
जिल्ला अनुसार कहाँ कति संक्रमित भेटिए ? हेर्नुहोस्-
उदयपुर जिल्लामा संक्रमित भएको सङख्या १२ जना
उमेर (३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका एक दर्जन पुरुष, वैशाख ५ गते बेलुका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको )
काठमाडौँ जिल्लामा संक्रमित भएको सङख्या ५ जना ।
३२ वर्षका पुरुष जो माघ ८ गते चीनबाट नेपाल आएका थिए उनको माघ १० गते कोरोना पुष्टि भएको थियो भने ती व्यक्ति अहिले पूर्ण रुपमा निको भएर घरमा बसिरहेका छन् ।
१९ वर्षकी मैतिदेवीको युवती जो फ्रान्सबाट नेपाल आएकी थिइन् , उनमा चैत १० कोरोना पुष्टि भएको थियो
३२ वर्षीय पुरुष जो दुबईबाट आएका थिए उनको चैत १२ गते कोरोना पुष्टि भएको थियो ।
बेलायतबाट आएर पेप्सीकोलाको सनसिटी अपार्टमेन्टको १५ औं तलामा बसेका ५८ वर्षीय पुरुष, ८१ वर्षीय महिला । उनीहरुको वैशाख २ गते कोरोना पुष्टि भएको थियो
कैलाली जिल्लामा कोरोना संक्रमित भएको सङख्या ४ जना
दुबईबाट आएका ३४ वर्षीय पुरूष उनलाई चैत १४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
भारतबाट आएका २१ वर्षीय पुरुष उनको चैत २२ गते कोरोना पुष्टि भएको थियो ।
३४ वर्षीय महिला, चैत २२ कोरोना पुष्टि (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)६५ वर्षीय स्थानीय महिला, बैशाख १ गते कोरोना पुष्टि ।
पर्सा जिल्लामा कोरोना संक्रमित भएको सङख्या ३ जना
फागुनमा भारतबाट आएका ३७, ४४, ५५ वर्षीय ३ भारतीय पुरुष, चैत ३० गते कोरोना पुष्टि ।
बागलुङ जिल्लामा कोरोना संक्रमित भएको सङख्या २ जना
बेल्जियमबाट आएकी १९ वर्षीय महिला , चैत १५ गते कोरोना पुष्टि ।दुबईबाट आएकी ६५ वर्षीय महिला, चैत २० गते आएकी ।
चितवन जिल्लामा कोरोना संक्रमित भएको सङख्या २ जना
२७ वर्षका पुरुष र ६३ वर्षीय महिला, वैशाख ५ गते अर्थात आज बेलुका कोरोना संक्रमणको पुष्टि ।
कञ्चनपुर जिल्लामा कोरोना संक्रमित भएको सङख्या १ जना
भारतबाट आएका ४१ वर्षीय पुरुष, चैत २२ गते कोरोना पुष्टि ।
रौतहट जिल्लामा कोरोना संक्रमित भएको सङख्या १ जना
भारतबाट आएका १९ वर्षीय पुरुष, बैशाख १ गते कोरोना पुष्टि ।