
नेपालमा काेराेना संक्रमणकाे संख्या बढेकाेले पूर्वराजा ज्ञानेन्द्र शाह चिन्तित भएका छन् ।
उनले भनेका छन्, “देशमा अकस्मात कोरोना संक्रमितको संख्या बढ्नाले सबैलाई चिन्तामा पारेको छ। संकटको यस घडीमा राज्यका सबै संयन्त्रहरुले चनाखो भई आफ्नो क्षेत्रमा सक्दो सावधानी र संयमता अपनाउनु पर्ने देखिन्छ। आफ्नो गाउँघरका लागि निस्केका नागरिकको उचित व्यवस्थापन हुन सकेन भने स्थिति झन् भयावह बन्न सक्छ । ” शुक्रबार साँझ ट्वीट गर्दै उनले काेराेनाले भयावह अवस्था निम्त्याउन सक्छ भन्दै चासाे देखाएका हुन् ।
शुक्रबार साँझ नै ट्वीट गर्दै उनले राजनैतिक दलद्वारा प्रश्रय प्रदान गरिएका आम मजदूर वर्गका हक र हितका लागि देशैभर संचालनमा रहेका संगठनहरु हात बाँधेर बस्नु मुर्खतापुर्ण रहेको बताएका छन् । उनले लेखेका छन् , “संगठनहरुले मजदूर वर्गको अपमान गरेको उनको ठहर छ । मजदूर वर्गको सुरक्षा बिना कहिले पनि देश सम्पन्न बन्न नसक्ने तथ्यलाई नकार्न मिल्दैन।
देशमा अकस्मात कोरोना संक्रमितको संख्या बढ्नाले सबैलाई चिन्तामा पारेको छ। संकटको यस घडीमा राज्यका सबै संयन्त्रहरुले चनाखो भई आफ्नो क्षेत्रमा सक्दो सावधानी र संयमता अपनाउनु पर्ने देखिन्छ। आफ्नो गाउँघरका लागि निस्केका नागरिकको उचित व्यवस्थापन हुन सकेन भने स्थिति झन् भयावह बन्न सक्छ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 17, 2020
राजनैतिक दलद्वारा प्रश्रय प्रदान गरिएका आम मजदूर वर्गका हक र हितका लागि देशैभर संचालनमा रहेका संगठनहरु यस प्रकारको संकटको घडीमा आफ्ना हात बाँधेर बस्नु बिडम्बना मात्र नभई मजदूर वर्गको अपमान पनि हो। मजदूर वर्गको सुरक्षा बिना कहिले पनि देश सम्पन्न बन्न नसक्ने तथ्यलाई नकार्न मिल्दैन।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 17, 2020
आजमात्रै नेपालमा थप १४ जना कोरोना संक्रमित व्यक्ति फेला परेपछि पूर्वराजा ज्ञानेन्द्रको ट्वीट बाहिर आएको हो ।