
मलंगवा : भारतका विभिन्न क्वारेन्टाइनमा रहेका १ सय २३ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् । भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर ती नेपालीलाई भारतको कन्हौली नाकास्थित लखन्देही खोलामा ल्याएर बिहीबार राती छाडिदिएका छन् ।
सोन वर्षालगायत ३ ठाउँमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राती लखन्देही खोलाको बाटो देखाइदिएर छाडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिएका छन् ।
‘भारतका विभिन्न क्वारेन्टाइनमा केही दिनदेखि राखिएकालाई बिनाजानकारी सीमा भारतीय सुरक्षाकर्मीले ल्याएर छोडिदिएका छन, प्रजिअ जिसीले भने, ‘अहिले उनीहरुलाई सीमा क्षेत्रमै राखेका छौं ।’ ‘उनीहरुमध्ये केहीलाई ज्वरो आएको छ। त्यस्तालाई नेपालमा ल्याउने कुरा हुँदैन्। हामी सबैजनालाई उतै फर्काउनका लागि पहल गरिराखेका छौं,उनले भने,’भारतीय पक्षसँग कुराकानी हुँदैछ। ‘
१ सय २३ जनामध्ये हाल कन्हौली नाकामा ९१ जना रहेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज क्षेष्ठ जानकारी दिएका छन् । अरु लुकेर कतै बसेका छन् । खोलामा छाडिएका बिहानै कौडेना गाउँपालिका ३ मा आएको वडाध्यक्ष प्रभु चौधरीले जानकारी दिए। आफ्ना वडामा आएपछि आफूले प्रहरीलाई खबरका गरेका थियौं ।
प्रहरी आउँदा उनीहरु आ-आफ्नो घर जान पाएनन् । बिहानै लगभग ६५ देखि ६८ जना कौडेना बजारभन्दा पश्चिममा रहेको पेट्रोल पम्मसम्म आएको चौधरीले बताए । धेरै संख्यामा मानिस आएको देख्दा कहाँबाट आएको भनि सोधपुक्ष गर्दा आफूहरु भारतको क्वारेन्टाइनबाट आएको बताएका छन्। सबैजनालाई सुरक्षाकर्मीले घेराहाली केही बेर रोकेका थिए । त्यसपछि फेरी उनीहरुलाई सीमा क्षेत्रतर्फ लगेका छन् ।
यसअघि नै सर्लाहीमा ६३ जना नेपाली लकडाउन छिचोल्दै भारतबाट छिरिसकेका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् ।