
ब्राजिलमा एउटा दुखान्त घट’ना बाहिरिएको छ । एक परिवारको उत्सव वियोगमा परिवर्तन भएको छ । उक्त परिवारको पार्टीमा समावेश तीन व्यक्तिको मृ’त्यु भयो र १० व्यक्तिमा कोरोनाभाइरसको संक्र’मण देखिएको छ ।
जन्मदिनको पार्टी आयोजना गरेको दुई हप्ताभित्र थुप्रै सदस्य बिरामी भए । पार्टीमा समावेश धेरैजो सदस्यलाई अब कोरोनाभाइ’रसको संक्र’मितको रुपमा हेरिएको छ ।
ब्राजिलको साओ पाउलोमा एक जन्मदिनको पार्टीमा समावेश भएका २८ जनामध्ये तीनजनाको मृ’त्यु भएको छ र अन्य सदस्यको जीवन खत’रामा छ । मृ’त्यु हुने तीनैजना एकै परिवारका थिए । यद्यपि, प्रशासनले अहिलेका लागि एक व्यक्तिको मृत्युको कारण भने कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
१३ मार्चमा साओ पाउलोको इटापेर्सिया डे सेरामा यो पार्टीको आयोजना भएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार त्यस दिनसम्म को’रोना भा’इरस सं’क्रमितको संख्या ९८ पुगेको थियो । त्यतिबेला कोभिड–१९ का कारण कसैको पनि मृ’त्यु भएको पुष्टि भएको थिएन ।
ब्राजिलमा कोरोनाभाइ’रसका कारिब ६० प्रतिशत संक्र’मित साओ पाउलोमा छन् ।
यो घट’नाको लगभग तीन हप्तापछि ८ अप्रिलसम्म ब्राजिलमा कोरोनाभा’इरस सं’क्रमितको संख्या १६ हजार पार भइसकेको थियो भने यति बेलासम्म ८ सयले ज्या’न गुमाइ’सकेका थिए ।
वेरा लूसिया परेरालाई कोरोनाभाइर’सको महामा’री ब्राजिलसम्म पुगिसकेको थाहा थियो तर उनले आफ्नो ५९ औं जन्मदिनको पार्टी रद्द गर्ने पनि सोचेकी थिइन् ।
वेरा लूसिया परेराले बीबीसीलाई भनिन्, ‘मेरो मनमा कताकता शं’का थियो तर अन्तिममा पार्टी गर्ने कुरामा निश्चित गरियो । त्यति बेलासम्म को’रोना संक्र’मितको संख्या धेरै थिएन । ’
वेरा लूसियाको जन्मदिनको पार्टी उनको घरको बगैंचामा भएको थियो जसमा परिवार २८ जना जम्मा भएका थिए । उक्त पार्टीमा वेरा लूसियाका श्रीमान् पाउलो विएराका भाइ–बहिनी पनि समावेश भएका थिए ।
पार्टीमा वेरा लुसियाका बहिनीहरु पनि समावेश भएका थिए । लुसिया र पाउलोका भतिजा–भतिजी पनि यसका सरिक भएका थिए ।
पार्टी आयोजना भएको केही दिन पछि नै आधा बढी पाहुनामा रुघा–खोकी, ज्व’रो र सास फर्नेलगायतका समस्या देखियो । यी सबै लक्षण कोरो’ना भाइर’सको संक्र’मणपछि देखिन्छ ।
वेरा लूसियाका श्रीमान् पाउलो र उनका भाइ र बहिनीको संक्र’मणको लक्षण देखिएको एक हप्ताभित्र नै मृ’त्यु भएको थियो । प्रशासनले मारियाको मृ’त्यु कोभिड–१९ का कारणले भएको पुष्टि गर्यो ।
मारियाकी छोरी राफेलाले बीबीसीलाई भनिन्, ‘अब हामीलाई पूर्ण विश्वास भयो कि मेरी आमाको मृ’त्यु कोरोनाभाइ’रसका कारण भएको हो । यसबाट यो थाहा हुन्छ कि यो भाइ’रस कति आ’क्रामक छ । मेरी आमाको उपचार अस्पतालमा भयो, उहाँलाई भेन्टिलेटरमा पनि राखिएको थियो तर यति गर्दासमेत उहाँलाई बचाउन सकिएन ।’
मारिया मधुमेहकी रोगी थिइन् र सं’क्रमणपछि उनको स्थिती तीब्र रुपमा बिग्रन थाल्यो । वेरा लुसियाको परिवारलाई पाउलो र क्लोविसको पोस्टमार्टम रिपोर्टको प्रतिक्षा छ ।
वेरा लुसिया भन्छिन्, ‘उनको उपचारमा संलग्न डाक्टर ९९ प्रतिशतसम्म विश्वस्त छन् कि उनीहरुको मृ’त्यु कोभिड–१९ का कारण भएको हो ।’
वेरा लूसिया र उनका छोरामा पनि को’रोना संक्र’मणको लक्षण पाइएको थियो । अब उनीहरु दुबै ठिक छन् । वेरा भन्छिन्, ‘शारीरिक रुपमा म ठिक छु । थोरै खोकी मात्रै छ । तर यो निकै मुश्किल समय हो । हामी डरैडरमा बाँचिरहेका छौं ।’
सुरुमा त परिवारका सदस्यले विश्वास नै गर्न सकेनन् कि उनीहरु को’रोनाभाइरसद्वारा संक्रमित भएका छन् । संक्रम’णपछि ठिक भएका परिवारका एक सदस्यले भने, ‘त्यतिबेला सम्म ब्राजिलमा को’रोनाका निकै थोरै संक्रमि त थिए । त्यसकारण हामीलाई लाग्यो कि यो भाइ’रस हामीमाझ पुग्न धेरै लामो समय लाग्नेछ ।’
उनी भन्छन्, ‘पार्टीमा समावेश हुञ्जेलसम्म परिवारका सबै सदस्याको स्वास्थ्य अवस्था ठिक थियो । त्यसकारण कसैलाई पनि थाहा छैन सुरुमा कसलाई सं’क्रमण भयो । यदि यसबारे थाहा भइहालेछ भने पनि हाम्रो के परिवर्तन हुन्छ र ?’
मारिया स्वास्थ्य स्थिती बि’ग्रिएपछि उनका दाइ ६२ वर्षीय क्लोविसको स्वास्थ्य बिग्रन थाल्यो । क्लोविसका छोरा आर्थरले बीबीसीलाई भने, ‘पार्टीको तीन दिनपछि बुवाको खोकी अत्यधिक बढेको थियो । उहाँको टाउ’को दु’खेको थियो र ज्वा’रोसमेत आएको थियो । उहाँको बास्न र स्वाद थाहा पाउने क्षमता पनि हराएको थियो ।’
मारियाको ठिक विपरित क्लोविसलाई कुनै रोग थिएन । तर यति हुँदा हुँदै पनि उनी लगातार असहज महसुस गरिरहेका थिए । आर्थरले २३ मार्चमा आफ्ना पितालाई अस्पताल पुर्याए तर त्यहाँबाट उनलाई फिर्ता पठाइयो । आर्थर भन्छन्, ‘डाक्टरले यतिसम्म पनि सोचेनन् कि यो कोरोनाभाइ’रस सं’क्रमणको घट’ना हुनसक्छ ।’
क्लोविस बि’रामी भएपछि वेरा लुसियाका श्रीमान् पाउलोको स्वास्थ्य पनि ख’राब भयो । उनलाई अस्पताल पुर्याइयो । परिवारका भाइ–बहिनीमध्ये पाउलोलाई सबैभन्दा स्वस्थ मानिन्थ्यो । उनी शारीरिक श्रम पनि अत्यधिक गर्दथे ।
जब पाउलो अस्पताल पुगे तब उनको स्वास्थ्य तुलनात्मक रुपमा ठिक थियो । हो, उनलाई सास फेर्न गाह्रो भने भएको थियो । वेरा लूसिया याद गर्छिन्, ‘तर त्यसको दुई दिनपछि नै पाउलोलाई इन्टेन्सिभ केयर युनिटमा लगियो ।’
क्लोविस र पाउलो नीजि जीवनमा पनि एक–अर्काको नजित त थिए नै, उनीहरुले मृ’त्युवरण गर्दा पनि एक–अर्काका साथ छोडेनन् । आइसीयूमा पनि उनीहरुको बेड एक–अर्काको नजिकै थियो । यी दुबैको मृ’त्युको कारण को’रोनाभाइरसको संक्र’मण नै भएको डाक्टरहरु मान्छन् ।
अप्रिल १ मा मारियालाई हृ’दयघात भयो जसका कारण उनको मृ’त्यु भयो । क्लोविसको मृ’त्यु त्यसको भोलिपल्ट भयो र अप्रिल ३ मा पाउलो पनि यो संसारबाट बिदा भए । ब्राजिलमा कोभिड–१९ माथि निगरानी राख्नका लागि बनाइएको सरकारी एजेन्सीको सल्लाहमा मारिया र पाउलोलाई सिलबन्दी कफिनमा राखेर अन्तिम संस्कार गरियो ।
क्लोविसको अन्तिम संस्कार उनको इच्छा अनुसार गरियो । तीनै जनाको अन्तिम संस्कार फरक दिनमा गरियो । अन्तिम संस्कार केही मिनेटमा नै सम्पन्न गरियो । सरकारी निर्देशन अनुसार १० जनाभन्दा बढी जम्मा भएका थिएनौं ।
१३ मार्चको पार्टीमा सरिक भएकाहरु र बाँच्न सफल अहिले पनि आइसोलेशनमा छन् । कसैको स्वास्थ्य खराब भएको थियो र उनीहरु अहिले ठिक छन् तर सबैले सावधानी स्वरुप अझै केही दिनका लागि क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् ।
उनीहरुले मानिसहरुलाई घरमा नै बस्न आग्रह गरिरहेका छन् । मारियाकी छोरी राफेला भन्छिन्, ‘यो फ्लू होइन । यो एक महामारी हो । यो एक निकै डरलाग्दो र बर्बर भाइरस हो ।’
यता ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले भने कोभिड–१९ को महामा’रीको गम्भीरतामाथि प्रश्न उठाउँदै यसलाई ‘सामान्य फ्लू’ बताउने गरेका छन् ।
लूसिया राष्ट्रपति बोलसोनारोको बयानमाथि चकित छिन् । उनी भन्छिन्, ‘बोलसोनारोले जे गरिरहेका छन्, त्यो बकवास हो । उनी जिम्मेवार पदमा छन् र उनलाई आफ्नो जिम्मेवारीबारे जानकारी हुनुपर्छ ।’
वेरा लूसियाका लागि त अहिले जीवनको सबैभन्दा ठूलो चुनौती पाउलो बिनाको जीवन रथ हाँक्नु हो । उनी भन्छिन्, ‘जीवन त चलिरहन्छ तर हामी चाहन्नौं कि हाम्रो परिवारमाथि जे भयो, त्यो अरु कसैमाथि पनि नहोस् ।’
विन्सियस लेमोसद्वारा लिखित बीबीसी हिन्दीमा प्रकाशित लेख