
चितवनमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हिजो (बिहीबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको उच्च स्रोतले जानकारी दिएको छ ।
तर थप पुष्टिका लागि दुई जनाकै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । बिहीबार दुई पटकसम्म परीक्षण गर्दा पनि उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ देखिएको उच्च स्रोतले बतायो । उनीहरु पूर्वीचितवनका रहेको बताईएको छ । उनीहरु गत चैतमा विदेशबाट आएका थिए ।