काठमाण्डौं, ५ चैत– चीनको ग्वान्झाओबाट स्वास्थ्य सामग्री लिएर आएको नेपाल एयरलाइन्सको वाइड बडी जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
पाइलटले अवतरणका क्रममा धावन मार्ग राम्रोसँग ठम्याउन सकेनन् । त्यस्तो अवस्थामा यदि जहाज अवतरण भएको भए दुर्घटना हुन सक्थ्यो । तर, पाइलटले चलाखीपूर्वक जहाज एकैपटक माथि लगे ।
त्यसलाई प्रभाविधिक भाषमा ‘ओभरशुट’ भनिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले धावनमार्गको नजिकै पुगेका बेला पाइलटले धावनमार्ग छुट्याउन नसकेकाले ‘ओभरशुट’ गरिएको जनाएको छ ।
ओभरशुट गरिएको जहाज मकवानपुर हुँदै बाराको निजगढमाथिको आकाशमा एक फन्को लगाएर अवतरण भएको थियो ।