
२९ वर्षीय नर्स मल्लिका दुई वर्षको बर्षको बच्चा अलीलाई समाउँछिन्। अली जीवनमरणको अन्तिम संघर्षमा छन्। गृ ह यु द्धले प्रभावित सिरियाको पूर्वी एलेप्पोका अली जन्मिदै छातीको समस्याले पीडित थिए। जसका कारण उनी जन्मेदेखि नै एलेप्पो बाल अस्पतालको न्युनेटल युनिटमा अक्सिजन पम्प र इन्क्युबेटरमा निर्भर छन् । अस्पताललाई सिरियामा रहेको गैर सरकारी संस्था इन्डिपेन्डेन्ट डक्र्टस एसोशियनसले सहयोग प्रदान गर्दै आएको छ । एसोशियसनले एलेप्पोमा मेडिकल सेवा लगायत सुविधा प्रदान गर्छ ।
घडीको सुईले राती १ बजेर २० मिनेट संकेत गरिरहेको थियो । सरकारी सेनाको हवाई आ क्रमणले अस्पतालमा ब म ब र्षा गर्यो । ११ शिशुहरु रहेको इन्क्युबेटर धुलो र भवनका भग्नावशेषले भरिए । सात घन्टापछि अर्को हवाई हमला भयो । अस्पतालका कर्मचारी काखमा शिशु च्यापेर बेसमेन्टको सुरक्षित स्थलतर्फ भाग्न थाले । तर, यसअघि नै कमजोर अलीको अक्सिजन अभाव भयो ।
मल्लिका र एक चिकित्सकले अलीको कमजोर शरिरमा सीपीआर गरे । तर, उनीहरुको केही लागेन। अलीले अन्तिम श्वासका लागि सघर्ष गर्दा मल्लिकाले उसलाई काखमा च्यापी रहेकी थिइन् । आक्रमणमा धुलोले निसासिएर तीन शिशुको ज्यान गयो । ‘बच्चाको अवस्था देख्दा म रोइरहेकी थिएँ । निकै पीडादायी अवस्था थियो मल्लिकाले एक दोभासेको सहयोगमा सीएनएनका प्रतिनिधिलाई भनिन् ।
नर्स र चिकित्सकहरुको जीवनकै पीडादायी क्षण हुनुपर्छ । युद्धका समयमा ड्युटी सकाएपछि मल्लिका घर पनि जान छोडेकी थिइन्। सिरियामा दिनहुँजसो हुने हवाई हमलामा उनको घर पनि ध्वस्त भएको थियो । त्यही भएर उनी अस्पतालमा नै सुत्ने गर्थिन् । अब अस्पताल पनि भत्किएको छ । यु-द्धका कारण उनको सम्पूर्ण परिवार टर्की भागेको छ । सिरियामा बस्ने घरमा उनी मात्रै एक्ली हुन।
मल्लिकाका पतिले सम्बन्ध बिच्छेद गरी दुई छोरीहरुलाई अर्को सहरमा लगेका छन् । जहाँ आधारभूत आवश्यकताको अभाव छ। उनका पति सिरियाली राष्ट्रपति बसार अल असदको कट्टर समर्थक हुन् । विद्रोही घाइते ल डाकूलाई उपचार गरेको भन्दै नर्स पत्नी र उनी बिचको झगडा सम्बन्ध बिच्छेदमा टुंगियो ।
सरकारी सुरक्षा फौज र बिद्रोहीको घेरामा पारिएका एलेप्पोका सिमित अस्पतालका नगन्य चिकित्सक र नर्समध्ये मल्लिका एक स्वास्थ्य स्वंयसेवी हुन जो आफ्नो जीवनको प्रवाह नगरी यु द्धमा छटपटाइरहका घाईतेको उपचार गरिरहेका छन् । एलेप्पोका ३ लाख बासिन्दाको जम्मा ३५ चिकित्सकले उपचारको भरमा थिए।