
धरान । सुनसरीको धरान स्थित ११ नम्बर वडामा बसोबास गर्दै आएकी ४५ बर्षिय महिलाको मृत्यु भएको छ । ज्वरो आएको र स्वास फेर्ने गाहे भएको भन्दै कोरोना आशंकमा धरान वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनकुटा महालक्ष्मि नगरपालिका ७ घर भई हाल धरानमा बस्दै आएकी कार्कीको प्रतिष्ठानमै मृत्यु भएको हो । कार्कीको स्वाब तानि चेक गर्दा कोरोना नेगेटिभ देखाएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । कोरोना आशंका अस्पताल पुगेकी उनको निमोनियाको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बताए ।
कोरोना आशंका गरेर अस्पताल भर्ना भएकी उनको निमोनियाको कारण मृत्यु भएको डाक्टरहरुले भनेका छन डिएसपी बिनोद शर्माले भने । उक्त महिलाको थ्रेड स्वाब तानि चेक गर्दा कोरोना नेगेटिभ देखाएको थियो ।