
कोरोनाभाइरस महामारीका कारण काम गुमाएर आम्दानीको बाटो नभएपछि बेखर्ची भएका महिलाहरुसँग घरबेटीहरुले पैसाको विकल्पमा से$सको माग गर्न थालेको पी-डित महिलाहरुले गुनासो गरेका छन् ।
महामारीका कारण विश्वभरीका करोडौं मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । लाखौंले रोजगारी गुमाएका छन् र बेखर्ची भएर बस्नुपरेको छ ।
यही मौका पारेर केही घरधनीहरुले काम नभएका कारण आर्थिक अभावमा परेका महिलाको फाइदा उठाउन थालेका खबरहरु अन्तर्राष्ट्रिय संचारमाध्यमबाट बाहिरिएका छन् ।
अमेरिकी अध्यागमन अधिकारी केभिन ब्लकका अनुसार केही घरधनहिरुले भाडाको वैकल्पिक सम्झौताको बारेमा कुरा गर्छन र केहीले त अ-श्लील यौ-निक तस्वीरहरु समेत पठाउने गरेका छन् । ‘म यस विषयमा चिन्तित छु किनकि बाहिरिएका यी घटनाले अझै धेरै सार्वजनिक नभएका घटनाहरु भएको तर्फ संकेत गरेका छन् ।
यस्तो यौ-नजन्य शोषणले महिलाको जीवन झनै कष्टप्रद बनाइरहेका छन् । शारी रिक र यौ-निक हिंसा, आफूले सुरक्षित सम्झेर बसिरहेको निवास, एक्कासी आयस्रोत गुमेको अवस्था र प्रणालीगत रुपमै कायम रहेको लैं गिक विभेदका बीचमा कुनै पनि अर्को योजना तयार हुँदैन।
गएको फेब्रुअरीमा केही भाडामा बस्नेहरु घरबेटीसँग रात बिताएका घटनाहरु सार्वजनिक भएका थिए जतिबेला महामारीको बीचमा ‘से$स फर रेन्ट’ संस्कार विकसित भएको थियो । शेल्टर स्कटल्याण्डले केही अगाडि गरेको राष्ट्रिय सर्वेक्षणमा १ लाख २० हजार महिलाले आफूसामु यस प्रकारको प्रस्ताव आएको बताएका थिए ।