
काठमाडौँ । नायक सलमान खान लकडाउनका कारण आफ्नो पार्म हाउसमा छन् । सलमानले, डाक्टर र प्रहरीमाथि ढुंगा हान्नेहरूलाई चेतावनी दिँदै आफू र परिवारको जीवन खतरामा नपार्न पनि भनेका छन् ।
उनले भनेका छन्, ‘सरकारले दिएको आदेश कडा रुपमा पालना गरेर चीन खराब समयबाट बाहिर आइसकेको छ । भारतमा भने केही यस्ता मान्छेहरुका कारण भाइरस दिनानुदिन बढिरहेको छ । आफू र परिवारलाई एकसाथ देख्न चाहनुहुन्छ भने घर भित्रै बस्नुहोस् ।’
https://www.instagram.com/p/B_Arunbl6nW/
सलमानले घर बाहिर ननिस्कने हो भने पुलिसले लाठी पनि नहान्ने भन्दै, ‘के मानिस पिटेर पुलिसलाई मनोजञ्जन हुन्छ भन्ने सोच्नुभएको छ ?’ भनेर प्रश्न गरेका छन् । सलमानले बलिउडमा काम गर्ने २५ हजार मजदुरलाई ६/६ हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।