
बोल्ड नम्रताको सबै चकित हुनेगरी अवतारमा परिवर्तन भएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरेपछि उनी निक्कै मोटाएकी छिन् ।
हुन त धेरै नेपाली सेलिब्रेटीहरुलाई मोटाउने चिन्ताले सताउन थालेको छ ।
खानेकुरामा विशेष सावधानी अपनाउने र दैनिक जिम धाउने कलाकारहरु लकडाउनको समयमा परिवारसँग बसेर मिठा परिकार बनाएर खाइरहेका छन् ।
तर, जिममा गएर पसिना बगाउन पाएका छैनन् । जसकारण, उनीहरुको तौल बढिरहेको छ ।
घरमै दैनिक केही समय व्ययाम गर्ने गरेता पनि तौल नघटेपछि विशेषगरि अभिनेत्रीहरु चिन्तित हुन थालेका छन् ।
अभिनेत्री नम्रता सापकोटा लकडाउनमा घरभित्रै बस्दा निक्कै मोटाइसकेकी छन् । उनी यसैपनि निक्कै बोल्ड नायिका हुन् । उनको बोल्ड अवतारले लक्का जवान युवकहरु भुतुक्कै हुन्छन् । लकडाउन हुनुभन्दा अगाडिसम्म उनी चलचित्र ‘डेसान’ को छायांकनमा व्यस्त थिइन् । कोरोनाको त्रासले चलचित्रको छायांकन रोकिएपछि उनी घरभित्रै कैद छिन् ।
लकडाउन अगाडि उनि चलचित्रको छायांकनमा व्यस्त थिइन् । उनलाई लामो समयपछि चलचित्रमा काम गर्न पाएको खुसी थियो । तर, लकडाउनका कारण चलचित्रको छायांकन रोकियो ।
नम्रता आफनो स्वास्थ्यमा खुबै ध्यान दिने नायिका हुन् । जिम जाने, खानेकुरामा ध्यान दिने नायिकाको रूपमा उनी पर्छिन् । तर, लकडाउनले उनको पनि नियमित तालिकामा असर पारेको छ ।
नायिका नम्रता सापकोटाले फेसबुकमा एउटा स्टाटस लेख्दै फोटो राखिन् जसले निकै चर्चा पाइरहेको छ । नम्रताले लकडाउनको बेलामा अरु केही गर्न नसकेपनि मोटाउन भने सकिने भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले आफू लकडाउन सुरु भएपछि तीन केजी मोटाएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।