
ज्यो.पं.वैद्यराज दीपक सुवेदी ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.) मेष राशि हुने व्यक्तिको लागि यो महिनामा अल्लि बढी दौडधुप पर्नेछ । र पनि केही उपलब्धि एवं व्यवसायिक लाभ हातपार्न सकिने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) वृष राशि हुने व्यक्तिको लागि यो महिना अल्लि संघर्षकर देखिएको छ । रपनि महिनाको शुरु र तेस्रो हप्तामा उपलब्धि एवं सफलता मिल्ने छ ।
मिथुन (का.कि.कु.घ.ङ.छ.के.को.ह.) मिथुन राशि हुने व्यक्तिको लागि यो महिनामा आशा अपेक्षा अल्लि बढी हुने तर उपलब्धि कम हुनेछ । आएको आश्वासनको पूरा भरोसा नगरेको सुखकर हुनेछ ।
कर्कट (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) कर्कट राशि हुनेहरूको लागि यो महिना उन्नति एवं उपलब्धिमूलक रहने छ । विशेष कामकार्यमा केहीहद्सम्म सफलता मिल्ने छ । केही महत्त्वपूर्ण अवसर प्राप्ति हुनेछ । पेशागत प्रतिष्ठा बढ्ने छ ।
सिंह (म.मि.मु.मे.मो.ट.टि.टु.टे) सिंह राशि हुने व्यक्तिको लागि यो महिना केही सुधारात्मक छ । विशेष चाहना गरेको काममा अड्चन आएपनि दैनिकी कार्यमा सफलता मिल्ने छ । दैनिक व्यवसायिक कर्ममा उन्नति हुनेछ ।
कन्या (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.) कन्या राशिको लागि यो महिना धेरै अनुकूल देखिएको छैन । संघर्ष एवं स्वास्थ्यमा ज्वरो एवं पित्तविकार जन्य स्वास्थ्यमा प्रतिकूलताको भय देखिएको छ । निकै ख्याल गर्नुहोला ।
तुला (रा.री.रु.रे.रो.त.ति.तु.ते.) तुला राशि हुनेहरूको लागि पनि यो महिना त्यति सहज देखिएको छैन । बढी महत्त्व दिएको काममा रोकावट आउनसक्ने भएकोले कार्ययोजना गराउँदा विचार पुर्याउनु उचित हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.य.यी.यु.) बृश्चिक राशि हुने व्यक्तिको लागि यो महिना तपाईको पक्षमा छ । अधुरा कामकार्यहरुलाई पूर्णता दिन सकिने छ । तथापि व्यक्तित्त्व एवं कर्मक्षेत्रको प्रतिष्ठा बचाउन हौंस्याहट्लाई संयम गर्न जरुरी देखिएको छ ।
धनु (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.) – धन राशि हुनेहरूको लागि यो महिना केही सुधार भएको छ । रपनि विशेष मानिएका कामहरुमा अड्चन आउने छ । सामान्य कामकार्यहरुमा भने केही सफलता मिल्ने छ ।
मकर (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.) मकर राशिको लागि यो महिना बढी चाहना गरेको काममा अवरोध तर खासै विचार नगरेको काम बनेर उपलब्धि मिल्ने छ । विद्यार्थीहरुले जुक्तिको प्रयोग गरेकोखण्डमा अध्ययनमा सहज हुनेछ।
कुम्भ (गु.गे.गो.स.सी.सु.से.सो.द.) कुम्भ राशि हुने व्यक्तिहरूको लागि यो महिना मिश्रित रहने छ । शारीरिक जोशजाँगर बढेर आउने, कामकार्यमा मन लाग्ने र केही काममा सफलता हात पार्नसकिने छ । शारीरिक परिश्रमबाट सम्पादन गरिने कार्यहरु सफल हुनेछन् ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.) मीन राशि हुनेहरूको लागि यो महिना उन्नतिकर रहने छ । सामान्यतया केही पक्षमा तनाब महसूस भएपनि अधिकांश पक्षमा अनुकूल एवं सफलताप्रद देखिएको छ ।
वैशाख महिनाको पूरा राशिफल भिडियोमा हेर्नुहोस्