
पूरा विश्व नै त्रसित छ अहिले यो “कोरोना भाईरसको महामारी” ले गर्दा । मै हूँ भन्ने ठूला ठूला विकसित देशहरू पनि अहिले यो फुच्चे (नदेखिने) भाईरस बाट डराई रहेका छन । त्यसैले भन्छन – “दैवको खेल दैवलाई नै थाहा हुन्छ” ।
चीनको वुहान शहरबाट शुरू भएको अजब गजब प्रकारको यो महामारी कहाँ बाट आयो, कसरी आयो कसैलाई थाहा छैन ।
प्रकृतिको अभिशाप हो अथवा मानिसको शैतानी खोपड़ीको उपज हो थाहा छैन । अमेरिकाले यसलाई “चाइनीज भाईरस” भनी रहेको छ भने चीनले भन्छ “अमेरिकाले भित्र्याएको हो यो भाईरस चीनमा” । तर सच्चाई के हो “हामीहरुलाई” थाहा छैन । पूरा विश्व नै आज लकडाउनको स्थितिमा छ । लाखौं मान्छे जतातता अलपत्र परेका छन । यस पृथ्वीमा अहिलेसम्म जीवित कुनै पनि मानिसले न देखेको र न सुनेको महामारी हो यो । बच्चा देखि लिएर बूढासम्म सबैको यो पहिलो अनुभव होला ।
अहिले यो संक्रमणको कारण विश्वभरि लागेको लकडाउनले भने यो धर्तीलाई ठुलो फाइदा पुगेको छ । यहाँका अनेकौँ जीवजन्तुले सफा हावाको सास फेर्न पाई रहेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार करिब ७५ वर्ष पछि पृथ्वीमा यति सफा हावा देखिएको हो । यस अघि दोस्रो विश्व युद्धको बेला पृथ्वीको हावा सफा थियो अरे ।

हाम्रो देशको स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मीको संख्या, अस्पतालको क्षमता, आइसीयु र भेन्टिलेटरको संख्या निकै कम छ । कोरोना संक्रमण भएर यदि हामी अस्पताल बस्नुपर्यो भने त्यो बिकराल अवस्था हुनेछ । बिकसित देशमा त त्यो हालत छ भने हाम्रो देशमा कोरोना संक्रमण फैलियो भने अकल्पनीय हुन्छ । त्यसैले यदि सरकार ले लकडाउन बढाउने निर्णय गर्छ भने हामीले त्यसको स्वागत गर्नु पर्छ किनकी पैसा भन्दा बढ़ी महत्वपूर्ण छ माया, खुशी, आशा, स्वास्थ्य, समय, साथिहरु र हाम्रो जीवन. हाम्रो हातमा अस्पताल बस्नुको बिकल्प छ त्यो हो एक छाक खाएर भएपनि घरभित्र बस्ने ।
हामीले लकडाउन उल्लंघन गरेमा के के हुन सक्छ ?
– हामी अस्पतालको आइसोलेसन वार्डमा एक्लै बस्नुपर्छ ।
– परिवार तथा आफन्तले भेट्न मिल्दैन ।
– कोरोना भाइरस घांटी हुँदै फोक्सोमा पुगेपछि यसले फोक्सोका कोषहरुलाई नष्ट गर्दै जान्छ ।
– फोक्सोलाई काम गर्न गाह्रो भएपछि मुटु, किड्नी, ब्रेन लगायतका अंगमा अक्सिजन सप्लाइ निकै घट्छ ।
– यसबाट फोक्सो तथा मृगौला निष्क्रिय हुन्छन ।
– मुटुमा अक्सिजन नपुगेपछि हर्ट अटयाक हुन्छ । अनि हाम्रो मृत्यु हुन्छ । यो प्रक्रिया यति छिटो फैलिन्छ कि हाम्रा आइसीयु तथा भेन्टिलेटरले काम नगर्न पनि सक्छन । यसै पनि हामीकहाँ भेन्टिलेटरको संख्या निकै कम छ । मृत्यु भएपछि पनि हाम्रो दाह संस्कार गर्दा आफन्तले टाढैबाट गर्नुपर्छ, छुन मिल्दैन । त्यसैले घर भित्र बसन बाहेक अरु बिकल्प छैन लकडाउनको उल्लङ्घन नगरौं । आफु, आफ्नो परिवार, आफन्त, समाज तथा राष्ट्रलाई सुरक्षित राख्न जिम्मेवार बनौं । कोरोना भाइरस त्यसलाई सर्छ, जो लकडाउन उल्लङ्घन गरेर घर बाहिर निस्कन्छ । आगामी १ महिना दुख सह्यौं भने हामीले यो कष्टबाट मुक्ति अवश्य पाउनेछौं ।
केही सत्य र तथ्यहरू जुन लकडाउनको अवधिमा समयले सिकायो –
– आज अमेरिका अग्रणी देश रहेन ।
– चीनले तेश्रो विश्वयुद्ध शुरू गर्यो र एउटा पनि क्षेप्यास्त्र न हानेरै त्यसलाई जीतीहाल्यो ।
– यूरोपीयनहरु त्यति शिक्षित रहेनछन जति हामीहरु सोच्थ्यों ।
– हामी आफ्नो छुट्टीहरु यूरोप र अमेरिका न गएर पनि बिताउन सक्दा रहेछौं ।
– धनीहरुको प्रतिरोधक क्षमता गरीबहरुको भन्दा धेरै कम हुंदो रहेछ ।
– कोई पास्टर, धामी, पुजारी, ग्रन्थी, हाफिज या ज्योतिषी एउटा रोगिलाई पनि बचाउन सक्दो रहेनछ ।
– स्वास्थ्यकर्मीहरु, कुनै पनि खिलाड़ी अथवा अभिनेता भन्दा ठूला हीरो रहेछन ।
– उपभोग बिना विश्वमा पेट्रोल र डीजलको कुनै महत्व रहेन छ ।
– पहिलो चोटी चरा चुरंगी र जनावरहरुलाई पनि महसूस भयो कि यो संसार हाम्रो पनि रहेछ ।
– विश्वका धेरै कर्मचारीहरूलाई थाहा भयो कि काम त घरबाट पनि गर्न सकिने रहेछ ।
– हामी र हाम्रा संतानहरु ’जंक फूड’ न खाएर पनि बाँच्न सक्दा रहेछौं ।
– एउटा सफा र हाइजीनिक जीवन जिउन त्यति गार्हो रहेनछ ।
– खाना पकाउन पुरुषहरुलाई पनि आँऊदो रहेछ ।
– अभिनेताहरु त मनोरंजनको लागी मात्र रहेछन जीवनका वास्तविक नायक त अरु नै रहेछन ।
– यस्तो पनि समय आऊला थाहा थिएन, मानिस मानिसबाटै डराऊला थाहा थिएन ।
– लूडो खेल्दा खेल्दा एउटा कुरा सिक्न पायें आज, लूडोको खेलको नियम छ कि जुन गोटी घर भित्र हुन्छ त्यसलाई कसैले मार्न सक्दैन ।
धन्यवाद छ सरकारलाई समयमै लकडाउनको निर्णय लिएकोमा र धन्यवाद छ जनताहरूलाई लकडाउनको राम्रो संग पालना गरीदिएकोमा । धेरै धेरै आभारी छौं भगवान श्री पशुपतिनाथ हामीहरुको रक्षा गरीदिनुभएकोमा । यो भाईरसको उदगम स्थल चीन देशको सब भन्दा नजिकका छिमेकी हामी नै हौं । तर यो भाईरस हामीकहाँ न आएर १२ हजार किमी टाढा यूरोप र अमरीका पुग्यो । यसलाई हामी नेपालीहरुको भाग्य भनौं कि महादेवको इच्छा ।
मानिस जति विकसित हुँदै गयो त्यति नै असभ्य हुँदै गई राखेको छ । भौतिकवादी सोच र विचारधारामा अगाड़ी बढ़ने होड़मा मानवतालाई बिर्सिँदै गई राखेको छ । विश्वका यी विकसित अथवा विकासशील राष्ट्रहरु अमेरीका, रूस, जर्मनी, उत्तर कोरिया, फ्रान्स , चीन, भारत र पाकिस्तान सबैले मानवजातिका विनासका लागी खतरनाक हथियार “परमाणु बम” बनाएर तयार राखेका छन । के को लागी ? अर्कालाई मार्नको लागी अरे ।
कठै.. यो मानव बुद्धि !
त्यत्रो अरबौं खरबौं डलर खर्च गरेर परमाणु हतियार बनाउनु भन्दा अस्पतालहरु, औषधिहरु र महामारीबाट बाँच्नको लागी सुरक्षा उपकरणहरु बनाएको भए अहिले ती देशहरुमा हजारौंको संख्यामा जनताहरु ज्यान जादैन्थ्यो होला । तर के गर्ने मान्छे भनेकै अहंकारको मूर्ती न हो । म नै ठूलो, म नै शक्तिशाली, म नै माहन, छोरो महान र छोरो शक्तिशाली । तिमिहरुको शक्ति त देखाई हाल्यो एउटा फुच्चे (नदेखिने) भाईरसले । अझै कति जनता अरु मर्ने हुन र कति शक्ति अरु देख्नु बाँकी छ तिमिहरुको ।
“माटोको संसार हो खेल्न सके खेल, बाँकी ईश्वरको हातमा छ सबै विज्ञान फेल !”
तिमीहरु भन्दा त हामीहरु पो ठूला, शक्तिशाली र महान रहेछौं नि । ठूला यस अर्थमा कि हामीहरुमा माया, प्रेम र सदभाव बाँकी छ, शक्तिशाली यस अर्थमा की हामी एक अर्कालाइ मद्दत पुर्याएर मानवताको परिचय दिन्छौं, महान यस अर्थमा की हामीसंग जनतालाई मार्ने हतियार छैन मानवजातिलाई बचाउने धर्म, आस्था र विश्वास छ । बुद्ध जन्मेको पवित्र भूमीका वासिन्दा हौं हामी स्वाभिमानी नेपालीहरु । गर्व गर्छौं हामी आफुलाई नेपाली भन्न पाउंदा ।
यो भाईरस जसले बनाए पनि, जताबाट आए पनि यसले विश्वलाई एउटा सन्देश त दिएकै हो – “ठूलो सानो भन्ने केही हूँदो रहेनछ” । ठूला भन्नेहरु यति सानाबाट पनि डराऊँदा रहेछन कि जो देखिदै देखिदैन र सानो भन्ने यति ठूलो रहेछ कि जसले (नदेखिएरै) पूरा विश्व नै हल्लाई राखेको छ ।
अहिले यो समय हो मानवजातिलाई कसरी भाइरसबाट मुक्त बनाउने भन्ने बारेमा सोच्ने, यो समय हो गरीब र असहायको सहायता गर्ने । चाहे त्यो कुनै देश, जाति, धर्म वा समूहको किन न होस । मानव जातिको सेवा गर्नु भनेको ईश्वरको पूजा र प्रार्थना गरेझैं हो । न जानेका र न बुझेका जनताहरूलाई लकडाउनको महत्व सम्झाएर आफु शिक्षित भएको परिचय दिने समय हो अहिले । लकडाउनको कड़ाईका साथ पालना गर्यौं भने हामीले यो अदृश्य भाईरसलाई हराउन सक्छौं । यो सत्य हो र यस बाहेक हामीहरुसंग अरु कुनै बिकल्प नै छैन ।
त्यसैले यो लेख पढने समस्त दाजुभाई दीदीबहिनीहरुमा म यो अनुरोध गर्न चाहन्छु कि सरकारको अर्को आदेश न आए सम्म यस लकडाउनको कड़ाईका साथ पालना गरी दिनुहोस । दिनमा कई पटक साबुन पानिले मिची मिची हात धुनुहोस, चार पांच पटक तातो पानी पिउदै रहनुहोस र सब भन्दा ठूलो कुरो आफ्नो मनस्थितिलाई दरो बनाउनुहोस ।
(लेखक कर्णाली प्रदेश, दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ८ तिलेपाटा, स्थायी बसोबास भई हाल बीरेन्द्रनगर सुर्खेतमा व्यवसायी तथा समाजसेवीको रुपमा क्रियाशील हुनुहुन्छ । )