
हिजो (बुधबार) र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा पोजेटिभ आएका युवकको पिसिआर नतिजा नेगेटिभ आएको छ ।
बिहीबार विराटनगरको कोशी अञ्चल अस्पतालमो परिएको परीक्षणबाट पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । त्यस लगत्तै युवकको स्वाब संकलन गरी परीक्षणका लागि बुधबार साँझ नै कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो ।
बिहीबार दिउँसो आएको रिपोर्टबाट पिसीआर टेष्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
‘पिसीआर नेगेटिभ भएसँगै को’भिड–१९ को संक्रमण नभएको प्रष्ट हुन्छ’ जिल्ला विपद् व्यवस्थापन समिती सहायता कक्षका सचिव समेत रहेका चम्लागाईँले भने, त्यसैले आत्तिनु पर्दैन ।’उनले आरडीटी पोजिटभ देखिएका युवकसँगै झापाबाट अन्य २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको र त्यसको पनि रिपोर्ट आउने क्रममा रहेको बताए ।आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्किएका थिए ।
आरडीटी टेस्ट गर्दा चारवटा परीक्षण नतिजा आँउछ। जसलाई वैज्ञानिक भाषामा ट्रु पोजेटिभ, ट्रु नेगेटिभ, फल्स पोजेटिभ र फल्स नेगेटिभ भनेर वर्गीकरण गरिएको छ।
आरडीटी परीक्षणमा पोजेटिभ आए पनि पीसीआर पद्धतिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको केसमा पहिलो नतिजालाई फल्स पोजेटिभमा राखिन्छ।
आरडीटीबाट परीक्षण गर्दा पोजेटिभ आए पनि कोभिड- १९ को पीसीआर परीक्षण नेगेटिभ देखिएको यो केस ‘फल्स पोजेटिभ’ हो। बाँकी दुई केस ‘ट्रु पोजेटिभ’। यही अवस्थालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आरडीटी टेस्टको नतिजालाई क्लिनिकल प्रयोजनका लागि प्रयोग नगर्न सुझाव दिएको हो।