
कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या ४ सय १५ नाघेको छ।
बुधबार २० संक्रमितको ज्यान गएको छ।
महाराष्ट्रको पुणेमा पछिल्लो २० घन्टामा ४ जनाको ज्यान गएको छ। त्यस्तै उत्तर प्रदेशमा भर्ना भएका ३ जना संक्रमितको पनि मृत्यु भएको छ। पुणेमा हालसम्म ४२ जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतको महाराष्ट्रमा मात्र १ सय ८२ जनाको ज्यान गइसकेको छ। त्यस्तै मेघालयमा बुधबार एक जना डाक्टरको निधन भएको छ। मेघालयमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो। यससँगै भारतमा चार जना डाक्टरको ज्यान गइसकेको छ।
त्यस्तै मध्य प्रदेशमा ५५, गुजरातमा ३० जनाको कोरोना संक्रमणकै कारण निधन भइसकेको छ। त्यसैगरी भारतको राजधानी दिल्लीमा पनि ३० जना संक्रमितको मृत्यु भइसकेको छ।