
काठमाडौं- लकडाउनको समयमा दिँदै आएको विशेष सवारी पासमा कडाइ गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख ३ गतेदेखि सवारी पासमा कडाइ गरिने जनाएको छ।
एक सूचना जारी गर्दै प्रशासनले परिवारको मृत्यु संस्कारमा जाने बोहक कसैलाई पनि सवारी पास नदिइने जनाएको छ।
सवारी पासका नाममा प्रशासन कार्यालयमा भिडभाड बढेपछि यस्तो गरिएको सूचनामा उल्लेख छ।