
२ बैशाख काठमाडौं :
रातिराति पैदलै हिंडेकाहरुलाई रोकेर क्वारेन्टाइनमा राख्ने सरकारले निर्णय गरेकाे बताइएकाे छ ।
सरकारले लकडाउनका बेला अलपत्र परेर रातिराति पैदलै घर जान हिंड्नेहरुलाई रोक्ने भएको हाे ।
काठमाडाैंबाट बाहिरिनेलाई प्रहरी परिचलान गरी रोक्ने निर्णय भएकाे बताइएकाे छ ।
अब जान नदिने र यसअघि हिंडेकाहरुलाई पनि जहाँ पुगेका छन् त्यहीं रोकेर क्वारेन्टाइनमा राख्ने निर्णय भएको हाे । अवस्था सामन्य भएपछि मात्र घर जान दिने निर्णय भएको बताइएकाे छ ।