
काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनामा कोरोना परीक्षण देखिएपछि अपार्टमेन्टमा बसोबास गर्नेहरुमा त्रास फैलिएको छ ।
प्रहरीले अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गररेको छ । मानिसहरु कौसीबाट बाहिर टालाउँदै नियालिरहेको देख्न सकिन्छ । त्यहाँ करिब १५ सय मानिस बस्ने गरेका छन् ।
पुनः परीक्षणका क्रममा आज (मंगलबार) ८१ वर्षीया आमा र उनका ५८ वर्षीय छोरामा कोरोना संक्रमणको पुष्टि भएको हो।
बुहारीको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको परिवार सनसिटी अपार्टमेन्टको १५ औँ तल्लामा बस्दै आएको थियो। एकै परिवारका आमा र छोरामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रहरीले अपार्टमेन्टलाई नै सिल गरेको छ।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।
काठमाडौंको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्ट जहा कोरोना भाइरस लागेका २ जना संक्रमित भेटीएको पुुष्टी भए पछि अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ भने त्यहा १५ सयको संख्यामा मानिसहरु वस्ने गरेको छन उक्त लकडाउनको वेला कौषीवाट वाहिर नियालीरहेका सर्वसाधारणहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
लकडाउनको बेला त्रसितमुुद्रामा एक युवा फोनमा कुरा गर्दै । तस्वीर ः प्रदीपराज वन्त÷रासस
लकडाउनको बेला कौसीबाट बाहिर नियालीरहेका एक परिवार । तस्वीर ः प्रदीपराज वन्त÷रासस