
२०७६ साल तिहारको अवसरमा गायक तथा मोडल दुर्गेश थापाले ‘ह्याप्पी तिहार’ बोलको गीत सार्बजनिक गरे । सार्बजनिक पश्चात सामाजिक सन्जालमा उनको चर्काे बिरोध पछि उनलाई प्रहरिले पक्राउ समेत गर्यो र गीतलाई परिमार्जित गर्न लगाईयो । जसपस्चात आफुले धेरै ठूलो पाठ सिकेको अभिव्यक्ति मिडियामा दिएका थिए । यतिबेला नया शैली र कन्सेप्ट सहितको गीत सार्बजनिक गरेका छन् । जस्को केही समय अगाडि ट्रेलर सार्बजनिक गरेका थिए । “मास्कर”बोलको गीतको सो ट्रेलर फिल्मी शैलिको भएको कारण सबैमा कौतुहलता जागेको थियो ।
सो कौतुहलता अहिले पूरा भएको छ । उनले सो गीतलाई नववर्ष २०७७ को उपलक्ष्यमा बैशाख १ गते रिलिज गरेका हुन् । जुन कुरा उनले यसअघि नै उद्घोष गरेका थिए । हाल सार्बजनिक गरिएको गीत निक्कै दमदार मात्र छैन गीत संगीतको क्षेत्रमा बिल्कुलै नया प्रयोग पनि भन्न सकिन्छ । साथै भिडियोलाई पनि उच्च प्रबिधिमा निर्माण गरिएको छ । सार्बजनिक भिडियोमा एक व्यक्ति छन । जो अनुहार छोपेका छन्, अर्थात मास्क लगाएका छन । हेर्नुस् भिडियो ।
गीतमा केही छाडा सब्दलाई पनि बारम्बार दोहोर्याईएको छ । जस्ले गर्दा यो गीतलाई पारिवारिक भने भन्न सकिदैन । तर गीतमा उठाईएका बिषयबस्तु भने निक्कै गहन छ । भिडियोका पात्र आक्रोशित मुद्रामा प्रस्तुत भएका छन । जस्ले पेस्तोल सहित नेताहरुलाई बिभिन्न प्रश्नहरु तेर्स्याएका छन । नेपालको गहन बिषयको रुपमा रहेको “सुन कान्ड”, “निर्मला हत्या कान्ड” लगायतका कुरालाई गीतमा दमदार रुपले उठाईएको ट्रेलरबाट बुझ्न सकिन्छ । त्यस्तै प्रेम र रोमान्सका उतारचढावलाई पनि प्रस्तुत गरिएको छ ।
स्टोरिबेशमा रहने गीतको भिडियोमा पछिल्लो समय बिवादमा तानिइरहेकि हट मोडल तथा युट्युबर सोनिका रोकायलाई पनि फिचर्ड गरिएको देख्न सकिन्छ । उनलाई बेड सिनमा लिप्त भइरहेको देखाईएको छ । भिडियोको अन्त्यमा उक्त माक्स लगाएका पात्रले नेताहरुको हत्या गरेर हिडेको देखाईएको छ भने सो पात्रले केही पर पुगेर माक्स खोल्छन तर उनि को हुन् भन्ने कुरा भने अनूहार देखाईएको छैन ।
भिडियोलाई दुर्गेशले आफ्नै नामको युट्युब च्यानलबाट सार्बजनिक गरेका छन भने गीतलाई उनैले गाएका हुन् । त्यस्तै गीतको सब्द संगीतमा पनि उनकै मेहनत रहेको छ भने भिडियोलाई निर्देशन शिव बिकले गरेका छन । भिडियोलाई अरोन अशोक कुमारले खिचेका छन । भिडियोमा मास्कर र सोनिका रोकाया सँगै बिकाश लामिछाने, लक्ष्मी आचार्य र दृश्य सुवेदी फिचर्ड छन भने मिलन बिश्वकर्माले भिडियो सम्पादन गरेका हुन् ।