
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यापारी सुलभ अग्रवाललाई पुनः पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत चैत २५ गते कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गन बढी मूल्यमा विक्रि गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पहिलो पटक सात दिन हिरातसमा राख्न दिएको म्याद मंगलबार सकिएपछि प्रहरी पुनः म्याद थपका लागि आग्रह गरेको थियो ।
३ देखि ५ हजारमा पाइने कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गनलाई १६ हजारमा बिक्री गर्ने अग्रवाल पक्राउ परेका हुन् ।