
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
नेपालमा पहिलोपटक ९ माघमा एक व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । ती व्यक्ति अहिले पूर्ण रुपमा निको भएर घरमा बसिरहेका छन् । सञ्चारमाध्यममा ती व्यक्तिको बारेमा धेरै विवरणहरु सार्वजनिक गरिएको छैन ।
९ माघदेखि बैशाख २ गतेसम्म आइपुग्दा नेपालमा कोरोना संक्रमित व्यक्तिको सङख्या १६ पुगेको छ । १ जना बाहेक सबै संक्रमितहरु नेपाल बाहिरबाट आएका व्यक्तिहरु हुन् ।
पहिलो संक्रमित :
चिनबाट नेपाल आएका एक युवाको राष्टिय जनस्वास्थय प्रयोगशालामा परिक्षण गर्दा गएको माघ ९ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । यी व्यक्ति नै नेपालमा कोरोना संक्रमित व्यक्ति हुन् ।
दोस्रो संक्रमित :
अध्ययनको शिलशिलामा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेकी मैतिदेवीकी १९ वर्षिया किशोरीमा चैत ९ गते कोरोना देखिएको थियो । पहिलो कोरोना देखिएको ६० दिन अर्थात २ महिनापछि नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएका हुन् ।
तेस्रो संक्रमित :
तेस्रो संक्रमित व्यक्ति भने धादिङका ३२ वर्षिय युवक हुन् । वैदेशिक रोजगारिको शिलशिलामा दुबइमा रहेका ती युवक चैत ६ गते एयर अरेबियाको अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल आएका थिए । उनी काठमाडौंको एक होटलमा केही दिन बसेर थिए । स्वास्थ्यमा समस्या देखिन थालेपछि स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा चैत १२ गते कोरोना भएको पुष्टि भएको थियो ।
चौथो संक्रमित :
नेपालमा भेटिएका चौथो संक्रमित व्यक्ति युएइबाट फर्केका धनगढीका ३४ वर्षिय युवक हुन् । ती व्यक्तिले दुवईदेखि धनगढीसम्म पुग्नको लागि तीन विमान र एउटा माइक्रो बस प्रयोग गरेका थिए । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट विमानमार्फत भारतको दिल्ली हुँदै ती व्यक्ति यही चैत ७ गते नेपाल आइपुगेका थिए । उनले दुबईबाट दिल्लीसम्म फ्लाई दुबईको ईके ०१५० नम्बरको जहाज प्रयोग गरेका थिए । दिल्लीबाट भिस्तरा एयर चढेर उनी चैत ७ गते साँझ ५ बजे काठमाडौं आइपुगेका थिए । नेपाल आएको दिन संक्रमित ती व्यक्ति काठमाडौंमा आफन्तकोमा बसेका थिए । मार्च २० अर्थात् चैत ७ गते उनी धापासीमा रहेको मामाको घरमा बास बसेपछि चैत ८ गते बुद्ध एअरको विमानमार्फत् नेपालगञ्जसम्म गएका थिए । नेपालगञ्जबाट माइक्रो बसमा उनी धनगढी पुगेका थिए । घरमै रहँदा स्वास्थ्यमा समस्या देखिएपछि चैत ११ गते उनी सेती प्रादेशिक अस्पताल धनगढीमा बिहान ११ बजे भर्ना भएका थिए । त्यस लगत्तै परीक्षणका लागि उनको नमुना काठमाडौं पठाइएको थियो । नतिजामा उनी संक्रमित भएको पाइएपछि चैत १४ गते शुक्रबार पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्रालयले नेपालमा चौथो संक्रमित व्यक्ति फेला परेको जानकारी दिएको थियो ।
पाचौं संक्रमितः
नेपालमा कोरोना भाइरस संक्रमित पाचौं व्यक्ति हुन् बाग्लुङ्गकी १९ वर्षिया अंशु सापकोटा । कोराना भाइरस देखिएपछि आफ्नो नाम सार्वजनिक गर्ने पहिलो व्यक्ति हुन् अंशु । नेपालमा कोरोना भाइरस संक्रमण भएको मैतिदेवीक १९ वर्षिया युवती र बाग्लुङ्गकी युवती एकै विमानमा आएका थिए । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् । पाँचौं संक्रमित युवतीको अहिले बाग्लुङ अस्पतालमै उपचार भइरहेको छ। बाग्लुङ अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।उनलाई टेकु प्रयोगशालाले चैत १५ गते कोरोना पोजेटिभ भएको पुष्टि गरेको थियो ।
छैठौं संक्रमितः
नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा हुन् । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । यी वृद्धा र पाँचौं संक्रमित बागलुङकै १९ वर्षीया किशोरी अंशु सापकोटा आफन्त हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । त्यसपछि उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए ।
सातौं संक्रमितः
नेपालमा भेटिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति कैलालीका २१ वर्षिय युवक हुन् । कैलालीको लम्कीचुहा नगरपालिका ९ का २१ वर्षीय युवक चैत ११ गते कैलालीको गौरीफन्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेका थिए । रोजगारीको सिलसिलामा उनी भारतको मुम्बईबाट नेपाल आएका हुन् । चैत २२ गते स्वास्थ्य मन्त्रालयले उनमा कोरोना देखिएको जानकारी दिएको थियो । हाल उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइ रहेका छन् ।
आठौं संक्रमितः
भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनलाई चैत २२ गते स्वास्थ्य मन्त्रालयले उनमा कोरोना देखिएको जानकारी दिएको थियो । हाल उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइ रहेकि छन् ।
नवौं संक्रमितः
नवौं संक्रमित भने नेपालमै रहेकी एक महिला हुन् । चौथौं संक्रमित धनगढीका ३४ वर्षिय युवकको आफ्न्त हुन् । हाल उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइ रहेका छन् ।
दशौं, एघारौं र बाह्रौं संक्रमितः
पर्साको छप्कैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीनजना भारतीय नागरिकमा चैत २९ गते कोरोना संक्रमण देखियो ।यो घटनाले वीरगञ्जमा जति त्रास र तनाब फैलियो, त्योभन्दा बढी तनावचाहिँ संक्रमितले झूठो वयान दिँदा उत्पन्न भएको छ । उनीहरुमा कोरोना कहाँबाट सर्यो ? सरकारले अहिलेसम्म भेऊ पाउन सकेको छैन । ती तिनैजना भारतीय नागरिकले भारतबाट कोरोना ल्याएका थिए वा उनीहरुमा नेपालमै बस्दा कोरोना संक्रमण भएको हो भन्ने प्रश्नको उत्तर अहिलेसम्म पाउन सकिएको छैन ।
तेह्रौं संक्रमितः
कैलालीको लम्किचुहा नगरपालिकाकी ६५ वर्षिया महिला तेह्रौं संक्रमित हुन् । ती महिला विरगन्ज नाकामा चियापसल गरेर बस्ने गरेकी थिइन् । लकडाउनका कारण समस्यामा परेपछि उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा त्यहाँबाट कैलालीको लम्की पठाएको थियो। लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको थियो तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा बैशाख १ गते पोजेटिभ देखिएपछि उनलाइ अस्पताल भर्ना गरिएको छ ।
चौधौं संक्रमित :
नयाँ वर्षको दिन रौतहटमा पनि कोरोनाका संक्रमित भेटिए । रौतहट जिल्लाको ईशनाथ नगरपालिका ५ का मुश्लिम समुदायका ती युवा भारतको राजधानी दिल्लीस्थित एक ब्याग फ्याक्टीमा काम गरीरहेका थिए । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको प्रकोप नियन्त्रण गर्न भारत र नेपाल सरकारले लकडाउन घोषणा गरीसकेपछि ती युवा गत चैत १३ गते चोर बाटो हुँदै घर फर्केका थिए ।
पन्ध्रौं सोह्रौं संक्रमित :
काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टको १५ औैं तलामा बस्ने एकै परीवारका ३ जनामा र्यापिड टेष्ट गर्दा हिजो (सोमबार) दिँउसो पोजेटिभ नतिजा आयो । आज मंगलबार टेकु प्रयोगशालामा परिक्षण गर्दा २ जना को नतिजा पोजेटिभ देखियो भने १ जनाको नतिजा आइसकेको छैन । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।