
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
पुनः परीक्षणका क्रममा आज (मंगलबार) ८१ वर्षीया आमा र उनका ५८ वर्षीय छोरामा कोरोना संक्रमणको पुष्टि भएको हो।
बुहारीको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको परिवार सनसिटी अपार्टमेन्टको १५ औँ तल्लामा बस्दै आएको थियो। एकै परिवारका आमा र छोरामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रहरीले अपार्टमेन्टलाई नै सिल गरेको छ।

र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको तिनजनाको पीसीआर टेस्टमा रिपोर्ट पोजेटिभ देखिएको हो ।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।
र यो पनि पढ्नुहोस् :