
कोरोनाका संकास्पद भन्दै जिल्ला अस्पताल बैतडीकाे आइसोलेसन कक्षमा उपचाररत १ प्रहरी जवानलाई डिस्चार्ज गरिएको छ ।
कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि दार्चुला घर भएका ३२ बर्षीय प्रहरी जवानलाई सोमबार डिस्चार्ज गरिएको हो ।
सीमा प्रहरी चौकी झलाघाटमा कार्यरत प्रहरी जवानलाई ज्वरो आउने, पखाला लाग्ने र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना गरिएको थियो।
आइसोलेसनमा भर्ना गरिएका जवानको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।
कोरोना संकास्पद बिरामी भन्दै उनको थ्रोट स्वाब परिक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो ।