
केटीएम दैनिक । १ बैशाख काठमाडौ :
काठमाडौंको मुलपानीमा रहेको नगर अस्पतालमा ३६ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना पोजेटिभ देखिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाले जानकारी दिएका छन् ।
थापाले केटीएम दैनिकसँग भने ” कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा संचालनमा रहेको मुलपानी नगर अस्पतालमामा आज बिदेश बाट आएकाहरू मध्ये ३६ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट गरिएको थियो । सो क्रममा एकै परिवारका ३ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट पोजेटिभ आएको छ ।”
कागेशवरी मनोहरा नगरपालिका वडा नं. ९ को सनसीटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै परिवारको तीन जनामा पोजेटिभ देखिएको हो ।
उनीहरु बेलायतबाट चैत ५ गते नेपाल आएका थिए । नेपाल आएर उनीहरु होम क्वारेन्टाइनमा रहेको समेत थापाले जानकारी दिए ।
उनी भन्छन् स्वाब टेष्टको लागी अहिले तीनैजनालाई पाटन अस्पतालमा लगिएको छ र स्वाब टेष्ट पछि मात्र कोरोना पोजेटिभ हो वा होइन भनेर आधिकारीक रुपमा मात्र पुष्टि हुनेछ ।