
काठमाण्डौ । काठमाण्डौको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण भएको छ । एकै परिवारमा तीन जनाको यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये २ जना १८ दिनअघि बेलायतबाट आएको खुलेको छ । अहिले उनीहरु बस्दै आएको अपार्टमेन्ट प्रहरीले सिल गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावका लागि बेलायतबाट आएकामध्ये दुई जनाको रयापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो ।
सोसाइटिको सचिवमा अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलिक खतिवडा निर्वाचित भएको सोसाइटिका पूर्व अध्यक्ष प्रविन झाले जानकारी दिएका छन् । चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा. खतिवडासमेत पुगेकाले उनको पनि तत्काल परीक्षण गर्न झाले सुझाब दिएका छन् ।
सरकारले २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने सरकारले ५ गते घोषणा गरेको थियो । तर चुनाव भने ८ गते भएको थियो । सरकारले भिड भाड नगर्न भने पनि अर्थमन्त्री खतिवडाकै शक्तिमा चुनाव गराइएको पूर्व अध्यक्ष झाले दावी गरेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्रीका छोरा तिलकलाई सचिव बनाउनकै लागि हतारमा चुनाव गरिएको हो । अध्यक्षमा तिलक बस्नेत निर्वाचित भएका छन् ।