
काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।
उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ।

स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो।
अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्नाएको छ।
प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ।
अपडेट : कागेश्वरी मनोहराका मेयर भन्छन् : “३६ जनामा चेक गर्दा पेप्सिकोलामा ३ जनामा पोजेटिभ देखियो”
काठमाडौंको मुलपानीमा रहेको नगर अस्पतालमा ३६ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना पोजेटिभ देखिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाले जानकारी दिएका छन् ।
थापाले केटीएम दैनिकसँग भने ” कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा संचालनमा रहेको मुलपानी नगर अस्पतालमामा आज बिदेश बाट आएकाहरू मध्ये ३६ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट गरिएको थियो । सो क्रममा एकै परिवारका ३ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट पोजेटिभ आएको छ ।”
कागेशवरी मनोहरा नगरपालिका वडा नं. ९ को सनसीटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै परिवारको तीन जनामा पोजेटिभ देखिएको हो ।
उनीहरु बेलायतबाट चैत ५ गते नेपाल आएका थिए । नेपाल आएर उनीहरु होम क्वारेन्टाइनमा रहेको समेत थापाले जानकारी दिए ।
उनी भन्छन् स्वाब टेष्टको लागी अहिले तीनैजनालाई पाटन अस्पतालमा लगिएको छ र स्वाब टेष्ट पछि मात्र कोरोना पोजेटिभ हो वा होइन भनेर आधिकारीक रुपमा मात्र पुष्टि हुनेछ ।
हिजोमात्रै बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिकामा एक महिलामा र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो तर उनको थ्रोट स्वाव परिक्षण गर्दा भने नतिजा नेगेटिभ देखिएको छ ।
सम्वन्धित समाचारहरु
कागेश्वरी मनोहराका मेयर भन्छन् : “३६ जनामा चेक गर्दा पेप्सिकोलामा ३ जनामा पोजेटिभ देखियो”
संक्रमित भएको अपार्टमेन्टमा गएका थिए अर्थमन्त्री डा. खतिवडा,तत्काल परीक्षण गर्न सुझाब
३ जनालाई कोरोना देखिएपछी सिल गरिएको काठमाडौंस्थित सनसिटी अपार्टमेन्टमा बस्छन पाँच सय परिवार !