
रौतहटमा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
क्वारेन्टाइनमा रहेका ती युवकलाई अहिले अस्पताल ल्याउन लागिएको छ।
इशनाथ नगरपालिका ५ मोतिपुरका ती युवा लक डाउनको बेला भारतको नयाँदिल्लीबाट नेपाल आएको बुझिएको छ। इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ। ती युवकलाई क्वारेन्टाइनमा राखेको औरहैया विहारसँग जोडिएको छ।
नगरपालिका वडा नम्बर ५ घर भएका संक्रमित युवा मोतिहारी जिल्लासम्म बसमा आएका थिए। त्यसपछि उनी हिँडेरै घर आइपुगेका थिए। भारतबाट आएको खबर आएपछि नगरपालिकाले भोलिपल्टै उनलाई क्वारेन्टाइनमा लिएर राखेको थियो।युवकमा दिल्लीमा मजदुरी काम गर्दै आएका थिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।
आजै बिहान कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। ती महिला चैत १७ गते वीरगन्जबाट कैलाली गएकी थिइन्।
वीरगन्जमा आइतबार तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। ती भारतीय नागरिक छपकैयास्थित एक मस्जिदमा बस्दै आएका थिए।